चोरदै हिड्ने पक्राउ

चोरदै हिड्ने पक्राउ

गोविन्द केसी
दैलेख, फागुन १ – मोवाईल र फेन्सी पसलहरुमा चोरदै हिड्ने चोरलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । दैलेख मालिका – ८ लेखाल गाँउ घर भएको १७ वर्षिय दुर्ग सिहलाई चोरेको सामान सहित पक्राउ गरेको हो ।
दुल्लु नगरपालिका – १ तल्लोडुगेश्वरबजारका ३ पसलमा चोरेर फरार भएका सिहलाई प्रहरीले विशेष सुराखीका आधारमा पत्ता लगाई सामाग्री सहित पक्राउ गरेको जनाईएको छ । ढकेन्द्र शाहीको मोवाईल पसल, खड्क शाहीको मोवाईल पसल र प्रेमबहादुर शाही फेन्सी पसलबाट हप्तादिन अघि मोवाईल, रिर्चाज कार्ड, फेन्सी कपडा र नगद पैसा चोरी भएको उजुरी प्रहरीमा दिईएको थियो । ती पसलबाट नगद र सामान गरी धन्नै ७३ हजार १ सय ५० रुपैँयाको चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पसलहरुमा चोरी गरेको उजुरी आएपछि विशेष सुराखीका आधारमा सामाग्री सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) विरबहादुर वलीले बताए । चोरदै हिड्ने दुर्ग सिहंलाई जिल्ला प्रहरी कार्यालयमा राखीएको छ ।

प्रतिक्रिया