बाँवियो माथि सुत्केरी

बाँवियो माथि सुत्केरी

ज्वाला सन्देश सम्वाददाता
दैलेख, फागुन १ गते । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । अझै पनि बाँवियो माथि सुत्केरी । तर अचम्म नमान्नुहोस । जंगलमा फिरन्ते जीवयापन गर्दै आएको राउटे महिलाले बाँवियो माथि बच्चा जन्माउने गर्छन् । बाँवियो माथि बच्चा जन्माउँदा बच्चा नमर्ने र बलियो हुने उनीहरुमा विश्वास भएको भएकाले बाँवियो माथि बच्चा गरेका हुन् ।

दयनीय अवस्था । केही दिन अघि तोलीजैसी गाविसको जंगलमा सुत्केरी भएकी राउटे महिला । गैरराउटे सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्था जाने गरेपनि राउटे महिला बाँवियो माथि सुरक्षित सुत्केरी हुने विश्वास गर्छन् ।
दयनीय अवस्था । केही दिन अघि तोलीजैसी गाविसको जंगलमा सुत्केरी भएकी राउटे महिला । गैरराउटे सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्था जाने गरेपनि राउटे महिला बाँवियो माथि सुरक्षित सुत्केरी हुने विश्वास गर्छन् ।

नेपालमा मातृ मुत्यदर न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य सँस्थामा बच्चा जन्माउने अनिवार्य ग¥यो । स्वास्थ्य संस्थामा बच्चा जन्माए वापत सुत्केरी खर्चको व्यवस्था पनि ग¥यो । गाउँका अधिकाँश महिला स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन थाले भने केही महिला कम चेतनाका कारण घरमै बच्चा जन्माए । आमा समुहद्धारा घरमै बच्चा जन्माउने महिलालाई दण्ड सजाय गर्ने निर्णय हुनेथालेपछि सबै महिलाले सुरक्षित सुत्केरी हुन् स्वास्थ्य संस्थामा जान थाले ।
तर विडम्वना हो वा यर्थात नेपाल सरकारले सुत्केरीका कारण कुनै पनि महिलाको मृत्यु हन नदिने स्वास्थ्य सेवामा जनताको पहुँच पु¥याउने लक्ष्य लिएपनि भ्रमणशिल जीवनयापन गर्दै आएका राउटे महिला भने यसबाट बञ्चित छन् । जसको कारण गर्भवती राउटे महिलाको अकालमै जीवन जाने गर्छ । गर्भवती हुँदा न उनीहरुलाई आइरन चक्की खान्छन् । नत राम्रो स्याहार सुसार न पोषण युक्त खाने कुरा । परम्परा जडीवुटीमा विश्वास र औषधीमा कम विश्वास गर्ने भएकाले राउटे महिलाको अकालमै मृत्यु हुने गर्छ । बालविवाह र असुरक्षित सुत्केरी हुन थालेपछि राउटेको जनसँख्या दिनप्रतिदिन कम हुदै गएको छ ।
राउटे समुदायका मुखिया महिनबहादुर शाहीे स्वास्थ्य संस्थामा हाम्रोे बच्चा जन्माउने परम्परा नभएकाले घरमै बच्चा जन्माउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,हामी यस्तै बाँवियो माथि बच्चा जन्माउँछन् । अस्पतालमा त तपाईले हो । “जंगलमा बस्ने घाँसमै हो,घरमा बस्नेले घरमै हो” उहाँले थप्नुभयो । राउटे समुदाय अधिकाँश भगवानमा विश्वास गर्ने भएकोले भगवानले नै जन्माउने भगनवानले नै बचाउने विश्वत छन् ।
घाँसका स्यालाको छाप्रो बाहिरबाट हेर्दा सबै कुरा छर्लङ्ग देखिन पालमुनि राउटे महिलाको सुरक्षित सुत्केरी हुने गरेको छ । पुसको कठ्याग्रीने जाडो होस वा बर्षात । सुत्केरी हुन नसकेपछि ०६६ मा दैलेखको लोहोर खोलामा कालु शाहीको मृत्यु भएको थियो । सुत्केरी हुन नसकेपछि स्वास्थ्य संस्थामा नलिएर राउटे समुदायले घरमै धामीझाँक्री हेराउने गर्छन् । सञ्चो हुने विश्वास गर्छन् । महिलाले सुत्केरी हुँदा पुरुषको अनुहार देखिनु हुन्न भन्ने राउटेको भनाई छन् । सुत्केरी महिलाको सहयोग महिला मात्र हुन्छन् । पुरुषको अनुहार देखे बच्चा पाउन सक्दैन । हामी सबै लुक्नुपर्छ बच्चा जन्मिसकेपछि मात्र आउँछन् राउटे हरिबहादुर शाहीले बताउनुभयो ।
राउटे महिला सुत्केरी हुँदा तेल र बेसारमा भात पकाएर खाने (तेलेभात )गर्छन् । सुत्केरी महिललाई नुहान दिदैन । सुत्केरीले महिलाले नुहाएर आएको सासुलाई कपालमा तेल लगाई चोखिने गर्छन् । गैर राउटेका महिलाले छाउपडीप्रथाको अन्त्य गर्न नसकेपनि राउटे महिलाले यो प्रथाबाट अगाडी छन् । छुइनेरी होस वा सुत्केरी छुवाछुत हुदैन राउटे महिलामा ।

तस्वीर ः भक्तबहादुर शाही

प्रतिक्रिया