वजार अनुगमनमा तिम्व्रता

वजार अनुगमनमा तिम्व्रता

ज्वाला सन्देश सम्वाददाता
दैलेख,फागुन ४ गते । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका बजार क्षेत्रमा अनुगमनलाई तिव्रता दिएको छ । जिल्लाका विभिन्न वजार क्षेत्रमा रहेका दैनिक उपभोग्य सामान विक्री पसलमा म्याद गुज्रिसकेका वस्तुहरु विक्री वितरण हुने गरेको भन्दै अनुगमन थालेको हो । म्याद नाघिसकेका दैनिक उपभोग्य वस्तुहरु विक्री वितरणबाट आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले म्याद नाघेका वस्तु विक्री वितरणमा रोक लगाउन सदरमुकामदेखि नै बजार अनुगमन कार्य शुरु गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
विगतमा पनि वजार अनुगमन कार्य हुदै आएको भएपनि अव भने आम नागरिकको सम्वेदनशिलतालाई मध्यनजर गर्दै र म्याद नाघेका वस्तुहरु विक्रीवितरण हुन नदिने खालको सन्देशमुलक बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडी वढाउन खोेजीएको प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेले वताउनुभयो । प्रजिअ घिमिरेले स्थानिय प्रशासनले थालेको प्रभावकारी बजार अनुगमन कार्यलाई सवै सरोकारवाला निकाय र व्यक्तिहरु आ आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आवश्यक देखिएको समेत भनाई व्यक्त गर्नुभयो ।
स्थानीय प्रशासनको अगुवाई बजार अनुगमन टोलीले सोमवार दैलेख सदरमुकामका १० वटा दैनिक उपभोग्य वस्तु विक्री पसलहरुमा अनुगमन गरी म्याद नाघेका वस्तुहरु वरामद गरेको छ । अनुगमन टोलीले सदरमुकामस्थित सन्दिप जनरल स्टोर्स,अधिकारी पसल,विश्व स्टोर्स,शुसिल तरकारी पसल,सिस्टर खाद्य पसल,उमाल पसल,देवु श्रेष्ठ पसल,सिग्देल पसल,उपाध्याय खाद्य पसल र सुनिता स्टोर्सबाट वरामद गरेको म्याद सकिएका वस्तुहरुलाई प्रहरी,उपभोक्ता मञ्च प्रतिनिधी,पत्रकार लगायतको रोहवरमा मंगलवार जलाएर नष्टसमेत गरेको छ ।

प्रतिक्रिया