झाडापखालाको पहिचान गर्न नमूना लगियो

झाडापखालाको पहिचान गर्न नमूना लगियो

दैलेख, फागुन ५ – मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दैलेखको तोलीजैसी क्षेत्रमा फैलिएको झाडापखाला वा अरु कुनै रोग भन्ने पहिचान गर्न विरामीहरुको रगत र दिसाको नमूना लिएको छ ।
क्षेत्रीय निर्देशनालयका महामारी नियन्त्रण इकाईका भेक्ट्रोल कन्ट्रोल अधिकृत श्यामलाल आचार्यको नेतृत्वमा आज त्यहाँ पुगेको टोलीले ती नमूनाहरु लिएको हो ।
संकलित नमूनाहरु परीक्षण गर्ने प्रयोगशाला काठमाण्डौंमा रहेकोले भोलि विहानसम्म महामारी रोग नियन्त्रण महाशाखा टेकूमा पठाइने उहाँले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयको अग्रसतामा औषधि र प्रयाप्त स्वास्थ्यकर्मी खटाई अहिले विस्तारै झाडापखाला नियन्त्रण हुँदै गएको छ । त्यहाँ गत हप्ता २ जना बालकको ज्यान गएको थियो ।

प्रतिक्रिया