जवरजस्ती करणको अभियोगमा आठ वर्ष कैद

जवरजस्ती करणको अभियोगमा आठ वर्ष कैद

 दैलेख, फागुन ५ – दैलेख जिल्ला अदालतले जवरजस्ती करणी मुद्दाका दोषीलाई ८ वर्ष कैद गरेको छ । दैलेखको काशिकाँध गाविस–५ का १९ वर्षीय राजु गिरीलाई १४ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ८ वर्ष कैद र ५० हजार जरिवाना भएको श्रेस्तेदार अधिकृत गोविन्द आचार्यले जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पौडेलको इजलासबाट उक्त फैसला भएको हो ।
जिल्ला अदालतमा मुद्दा दर्ता भएको २० औं दिनमा सो फैसला भएको हो । निरन्तर सुनुवाइपछि शिघ्र न्यायको अवधारणा अनुसार सो फैसला भएको श्रेस्तेदार अधिकृत आचार्यले बताउनुभयो ।

प्रतिक्रिया