टिफीन प्रयोगले पढाईमा सुधार ल्याउदै

टिफीन प्रयोगले पढाईमा सुधार ल्याउदै

भक्तबहादुर शाही÷दैलेख

दैलेख,फागुन ६ गते । विद्यार्थीको पढाई प्रभावकारी बनाउन जिल्लाका केही विद्यालयमा अनिवार्य टिफीन प्रयोग गरिएको छ । खाजा खाने बाहानमा विद्यार्थीले पढाई छुट्ने भएकाले पढाईमा सुधार ल्याउनको लागि विद्यालयमा अनिवार्य टिफिन प्रयोग गरिएको हो ।

हामी मिलेर खान्छौं । घरबाट टिफीनमा ल्याएको खाजा समुहमा मिलेर खाँदै श्री वराह प्राविका विद्यार्थी । खाजाको निहूँमा विद्यालयबाट पढाई छोडेर जाने विद्यार्थी भने आजभोली सबै विषयको कक्षा लिएरमात्र बेलुका घर फर्किन्छन् ।
हामी मिलेर खान्छौं ।
घरबाट टिफीनमा ल्याएको खाजा समुहमा मिलेर खाँदै श्री वराह प्राविका विद्यार्थी । खाजाको निहूँमा विद्यालयबाट पढाई छोडेर जाने विद्यार्थी भने आजभोली सबै विषयको कक्षा लिएरमात्र बेलुका घर फर्किन्छन् ।

जिल्लाको दक्षिणपर्ने वराह प्राथमिक विद्यालयमा प्राथनामा सबै विद्यार्थी उपस्थिति हुने खाजापछि विद्यार्थी संख्या घटने गरेपछि विद्यालयले विद्यार्थीमा अनिवार्य टिफीन अभियान थालेको हो । भोग लागेपछि विद्यार्थी भाग्न थालेपछि पढाई छुटन् हुँदा हामीले विद्यालयमा टिफीन अनिवार्य गराएका हौं । टिफीन प्रयोग पछि विद्यार्थीले पढाई नछोडेको शिक्षक भक्ति राम गौतमले बताउनुभयो । सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित एकिकृत परियोजनाले विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमले शिक्षकलाई दिएको तालिम पश्चात विद्यालयले विद्यार्थीमा अनिवार्य टिफिन प्रयोग गरेका हौं उहाँले भन्नुभयो ।
विद्यालयको शैक्षिक स्तर सुधार गर्नका दैलेख जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको छ । स–साना बालबालिकाले आफुमाथि भएको अन्याय लाई भन्न नसक्ने तर लेखेर अभिव्यक्त गर्न सक्ने हुँदा विद्यालयमा उजुरी सुझाव पेटिका समेत राखिएको छ । गुनासो पेटिकाको प्रयोग गरि वाल वालिकाले आफुलाई परेका संवेदनशील स्मस्याहरु गुनासो गरि विद्यालयमा वालवालिकाको लागि सुरक्षित वातावरण तयार गर्ने उद्देस्यका साथ ८३ वटा विद्यालयमा गुनासो पेटीका उपलब्ध गराउनुका साथै गुनासो सुनुवाई संयन्त्रलाई अभिमुखिकरण गरिएको सेभ द चिल्ड्रेनका वरिष्ट जिल्ला कार्यक्रम संयोजक आत्माराम भट्टराई जानकारी दिनुभयो ।
विद्यार्थीलाई चोटपटक लागेमा प्राथमिक उपचारको समेत व्यवस्था गरिएको सामाजिक सेवा केन्द्र द्धारा सञ्चालित एकिकृत परियोजनाका कर्मचारी रत्नबहादुर बुढाले जानकारी दिनुभयो । उजुरी पेटीका परेका उजुरीको विद्यालयका शिक्षक अभिभावक बालक्लवको प्रतिनिधी समस्या समाधान गर्छन भने विद्यालयमा सम्बोधन हुन नसक्ने उजुरीलाई सम्बन्धित निकायमा पठाउने काम गरिन्छ । यसले गर्दा विद्यालयप्रति अभिभावक सम्बन्धित निकायको ध्यान जाओस भन्ने कार्यक्रमको उद्देश्य हो ।
टिफीन प्रयोगपछि विद्यार्थीहरुले समुहमा बसेर विद्यालयमा खाजा खाने गरेका छन् । “पहिला हामी खाजा खान घर जान्थ्यौं पढाई छुट् थियो । विद्यालयले टिफिन अनिवार्य गराएपछि घरबाट टिफिनमा बोकेर ल्याएर आउँछौं स्कुलमै खाजा खान्छौ ”। एक्ला एक्लै घरमा खाजा खाने गरेका हामी सँगै बसेर खाँदा साह्रै रमाईलो हुँदो रहेछ वराह प्राविका कक्षा–५ का सन्तोष सुनारले खुशी व्यक्त गर्नुभयो । पहिला कसले के खायो होला भन्ने लाग्यौं । सँगै बसेर खाँदा एकआपसमा बाँडेर खान्छौं । घरबाट पकाएको खाजाले स्वास्थ्यलाई पनि फाइदा हुने स्थानीयबासी बताउँछन् । बजारमा बनाएका खाजाले स्वास्थ्यलाई त्यति पोषण नहुने हुँदा घरबाट बनेको पोषणयुक्त खाजाले विद्यार्थीको स्मर शक्ति बढाउने स्थानीयवासी टिका खड्काले बताउनुभयो । ʻबजारको खाजा भन्दा घरको खाजा नै उत्तम हो’।

प्रतिक्रिया