विरामीलाई फलफूल वितरण

विरामीलाई फलफूल वितरण

दैलेख, फागुन ७ – प्रजातन्त्र दिवसका अवसरमा दैलेख उद्योग बाणिज्य संघ र गैसस महासंघको आयोजनामा दैलेख अस्पतालका विरामीहरुलाई आज फलफूल वितरण गरिएको छ । Phalphul bitaran
जिल्ला स्तरीय मूल समितिका अध्यक्ष निमित्त स्थानीय विकास अधिकरी एवम् प्रमुख जिल्ला इञ्जिनियर होमनाथ पौडेल, जिविस योजना अधिकृत बाबुराम नेपाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निर्मल रसाइली, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. अमृत मास्केले विरामीलाई फलफूल वितरण गर्नुभएको थियो ।
दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष गणेश खड्का, महासचिव नरेन्द्र थापा, पत्रकार अमर सुनार, गैसस महासंघका जिल्ला अध्यक्ष महारुप खत्री लगायत नागरिक समाजका अगुवाहरुको फलफूल वितरण कार्यक्रममा उपस्थिति थियो । त्यस बखत ३० जना विरामीलाई फलफूल वितरण गरिएको थियो ।

प्रतिक्रिया