सरकारीले गरेकै कामको दस्तावेज गर्दैनन् ः प्रजिअ घिमिरे

सरकारीले गरेकै कामको दस्तावेज गर्दैनन् ः प्रजिअ घिमिरे

दैलेख, फागुन १२ –दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सरकारी कार्यालयले गरेको कामको दस्तावेजीकरण गर्न नसकेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा आज दैलेखमा भएको मानवअधिकारको राष्ट्रिय कार्ययोजना र कार्यान्वयन अवस्था अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नु भएको हो ।IMG_4930 IMG_4912
‘मानवअधिकारको रक्षा र प्रवद्र्धन सरकारका सबै निकायहरुको दायित्व हो, काम पनि गरिएकै छ, तर दस्तावेजीकरण मात्र हुन नसकेको हो’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो । उहाँले प्रष्ट पार्नुभयो ‘एनजीओ र आईएनजीओले थोरै काम धेरै प्रचार गर्छन्, सरकारी कार्यालय गरेको काम पनि यति ग¥यौं भन्न सक्दैनन् ।’
मानवअधिकारको राष्ट्रिय कार्ययोजना र कार्यान्वयन अवस्था विषयक छलफलको क्रममा हरेक ३ महिनामा बैठक बस्नु पर्नेमा नबसेको सन्दर्भमा जिल्ला स्तरीय कार्यान्वयन समितिको अध्यक्षको हैसियतले अव नियमित रुपमा बैठक बसाल्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसबखत राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकार प्रत्याभूती गराउने आयोग, प्रहरी प्रशासनको मात्र नभएर सरकारी तथा गैरसरकारी निकाय र नागरिक समाजको समेत दायित्व उत्तिकै भएको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका मानवअधिकार संरक्षण अधिकृत रमेश थापा, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु लगायतको सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा दैलेखको मानवअधिकारको अवस्था विषयमा खुला छलफल पनि भएको थियो ।

प्रतिक्रिया