अब आर्थिक क्रान्ति जरुरी छ ः पोखरेल

अब आर्थिक क्रान्ति जरुरी छ ः पोखरेल

दैलेख, फागुन १३ – नेकपा एमालेका स्थायी कमिटीका सदस्य शंकर पोखरेलले राजनीतिक संघर्ष सकिए र अव आर्थिक क्रान्ति गर्नु जरुरी रहेको बताउनुभएको छ । दैलेख क्षेत्र नंं. १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सो विचार राख्नु भएको हो ।
उत्पादनले समृद्धिको बाटो त खोल्छ नै यसले आत्मनिर्भर पनि बनाउने भएकोले उत्पादन र सिर्जनशीलता जरुरी रहेको पोखरेलले औल्याउनुभयो । UML  (2) UML  (1)
स्थायी कमिटीका सदस्य पोखरेलले नयाँ संविधानमा उल्लेखित जनताका हक अधिकारहरु र प्राप्त उपलब्धीलाई संस्थागत गर्न पार्टी पङ्तिले जनस्तरसम्म प्रचार गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं भेरी अञ्चल इञ्चार्ज यामलाल कँडेलले एमालेको नीति, विचार र सिद्धान्त माथि कसैले प्रश्न नसक्ने बताउनुभयो । उहाँले काँग्रेसलाई लोकतान्त्रिक गणतन्त्र ल्याउन र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन एमालेकै भूमिका प्रमुख रहेको तर्क राख्नुभयो । ‘हाम्रो नीति ठीक थियो, सबैलाई हाम्रै पथमा ल्याउन सक्यौं’ कँडेलले भन्नुभयो ।
एमाले वैकल्पिक केन्द्रीय सदस्य एवं दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले सरकार एमालकै र दुबै क्षेत्र पनि आफैले जितेको बेला भए गरेका विकास पूर्वाधारको जस अरु दलहरुले लिइरहेको औल्याउनुभयो । उहाँले भन्नुभयो ‘गरेको कामको चर्चा त गर्नुपर्छ ।’
त्यस बखत वैकल्पिक केन्द्रीय सदस्य राजबहादुर बुढाले एमाले अध्यक्षकै अडानले संविधान जारी भएको बताउनुभयो । उहाँको अडानलाई जिद्दी भन्ने गरिएको छ, जो बुझाई गलत हो ।
नेकपा एमाले दैलेख क्षेत्र नं. १ का अध्यक्ष रत्नबहादुर खड्काको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा, दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापा, पूर्वजिविस सभापति टेकबहादुर खाँण, राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्व सदस्य बिष्णु रिजाल, क्षेत्रीय समितिका उपाध्यक्ष ललितबहादुर थापाले पनि जिल्लाको विकास र राजनीतिक अभियान विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया