जीविको पार्जनमा सहयोगी बन्दै आयोजना

जीविको पार्जनमा सहयोगी बन्दै आयोजना

महेन्द्र सापकोटा
दैलेख १३ फागुन–व्यवसायिक रुपमा तरकारी खेती गर्न उत्प्रेरीत गर्दै आएको उच्च मूल्य कृषि विकास आयोजना महिला तथा सिमान्तकृत समुहमा रहेका समुदायहरुको जीविको पार्जनमा सहयोगी बन्दै आएको छ ।

हिमशिखर कृषि समुहकी सदस्य कृष्णा विसीको व्यवसायीक तरकारी तथा केराउ खेती । सेरी गाविसको जीवन रेखा सहकारीका कृषकहरुले गरेको सामुहिक प्लाष्टिक घरमा तरकारी खेती । आयोजनाको सहयोगमा यहाँका कृषकहरुले सामुहिक तरकारी खेती गरेका हुन्
हिमशिखर कृषि समुहकी सदस्य कृष्णा विसीको व्यवसायीक तरकारी तथा केराउ खेती ।
सेरी गाविसको जीवन रेखा सहकारीका कृषकहरुले गरेको सामुहिक प्लाष्टिक घरमा तरकारी खेती । आयोजनाको सहयोगमा यहाँका कृषकहरुले सामुहिक तरकारी खेती गरेका हुन्

ग्रामिण गरिव, विशेष गरी महिला तथा सिमान्तकृत समूहमा रहेका समुदायहरुलाई व्यवसायिक उत्पादन र वजारीकरणको प्रक्रियामा आवद्ध गराई आयोजना उनिहरुको जीविको पार्जनमा सहयोगी बन्न थालेको हो । वेमौसमी तरकारी उत्पादनको लागि अनुकुल हावापानी भएको यहाँको ग्रमिण भेगका गाविसहरुमा कृषकहरुलाई तरकारी खेती गर्न आयोजनाले सहयोग गर्दै आएको छ ।
जिल्लामा विस्तारै सडकको पहुँच भएकाले पनि दुर्गम भेगका कृषकहरुलाई तरकारी खेतीमा आवद्ध गराउँदै आएको उच्च मूल्य कृषि विकास आयोजना कार्यक्रमका जिल्ला संयोजक पुस्कर शमाले बताए । ‘व्यवसायिक तरकारी खेतीमा नयाँ प्रविधिको विकास संगै यूवाहरुको पनि वढ्दो रुची देखिन्छ’ संयोजक शर्माले भने, ‘पार्सपोर्ट बनाएर विदेश जाने तयारी गरेका यूवाहरु समेत पछिल्लो समय तरकारी खेतीमा जम्न थालेका छन् ।’
महिला तथा सिमान्तकृत समुहमा रहेका समुदायलाई उच्च मूल्य कृषि वस्तु गैर काष्ठ वन पैदावार तथा जडिवुटी कृषि व्यवसायिहरुसंगको खरिद विक्री सम्झौताको आधारमा वजारको माग अनुसार आपूर्ति गर्न सक्षम बनाउने आयोजनाको उद्देश्य रहेको संयोजक शर्माले बताए ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा संचालित यस कार्यक्रमवाट जिल्लामा वेमौसमी तरकारी उत्पादन, बाख्रापालन, व्यवसायिक वेसार खेती, अदुवा खेती, तरकारी विऊ उत्पादन र एग्रोभेट÷पाराभेट जस्ता आयआर्जनका क्रियाकलापहरु संचालन भएका छन् । व्यवसाय प्रर्वद्धनका लागि जिल्लाका सहकारी र समुहमार्फत आयर्आजनमा यस कार्यक्रमवाट २ कारोड २२ लाख रुपैया लगानि गरिएको छ । सदरमुकाम देखि जिल्लाका दुर्गम भेगका गाविसहरुमा पनि पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा कृषकहरुको सक्रियता वढेको छ ।
आयोजनाको सहयोगले व्यवसायिक तरकारी खेतीमा हौसला मिलेको करले आवत कृषि समुह जाहारको २ का सचिव सर्वराज भण्डारीले बताए । मौसमी वेमौसमी तरकारी उत्पादनवाट वार्षिक रुपमा ८ लाख देखि ९ लाख रुपैया सम्म आम्दानी हुने गरेको भण्डारी बताउँछन् । उनले १२ रोपनी जग्गामा बन्दा, काउली, करेला, आलु, सीमी, खुर्सानी, टमाटर, लगाएतका तरकारी उत्पादन गर्दै आएका छन् । ‘आयोजनाको सहयोगले थप २ रोपनी जग्गामा तरकारी खेती वढाएको छु’ भण्डारीले भने, ‘जस्ता तस्ता जागीर र विदेश भन्दा मेरो तरकारी खेतीवाट राम्रो आम्दानी हुन्छ ।’ आयोजनाले सय कृषि समुहका २५ सदस्यहरुलाई क्यारेट, ५ ओटा स्प्रे ट्याङ्की, २५ ओटा स्प्रिङकल उपलब्ध गराएको उनले बताए । तरकारी खेतीमा थप सहयोगका लागि आयोजनाले करले कृषि समुहका लागि १ पोखरी निर्माण गरेको र २ पोखरी निर्माण गर्ने तयारीमा छ । यस आयोजना जिल्लाका लालिकाड़ा, पिलाडी, गोगनपानी, शेरी, बराह, खड्गबाडा, डाडापराजुल, कट्टी, मेहेलतोली, रुम, चौराठा, ना.न.पा.,गौरी, रावतकोट, भैरिकालिकाथुम, बडाखोला, बडलम्जी ,गमौडी, मालिका, नाउले कटुवाल, नेपा, लयाटी बिन्द्रसैनी, सिगासैन, राकमकर्णाली र पिपलकोट मा संचालन भइरहेको छ ।

प्रतिक्रिया