विकासका लागि सकारात्मक सोच आवश्यक छ ः राज्यमन्त्री शाही

विकासका लागि सकारात्मक सोच आवश्यक छ ः राज्यमन्त्री शाही

दैलेख, फागुन १४ – संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले जिल्लाको विकासका लागि सकारात्मक सोच र अग्रसरता जरुरी हुने बताउनुभएको छ । आज दैलेखमा भएको २४ औं जिल्ला परिषद् उद्घाटन समारोहमा उहाँले सो विचार राख्नु भएको हो ।
आवश्यकतामा आधारित योजनालाई श्रोतको कमी छैन राज्यमन्त्री शाहीले आश्वासन दिनुभयो । ‘विकासका लागि सानातिना विवादमा अड्किनु हुदैन, साझा कामका लागि सहमती जरुरी हुन्छ’ उहाँले भन्नुभयो ।DDC Council
राज्यमन्त्री शाहीले विकासको अवसर पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायले पाउनुपर्ने औल्याउनुभयो । सरकारको नीति छ तर कार्यान्वन प्रणाली कमजोर छ उहाँले भन्नुभयो ।
दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले कृषिलाई व्यवसायिकतासंगै जलश्रोतको विकास र पर्यटन प्रवद्र्धनको योजना छिमेकी जिल्लाका कार्ययोजनासंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माण गर्नु देशकै हित हुने बताउनुभयो ।
दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले नयाँ संविधान निर्माणसंगै राजनीतिक क्रान्ति सकिएको अव आर्थिक उत्पादनको क्रान्ति जरुरी रहेको बताउनुभयो । उहाँले जिल्लामा व्यवसायिक कृषिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले स्थानीय निर्वाचन नभएको अवस्थामा जनभावना अनुसार सरकारीका नीति तथा कार्यक्रमहरु प्रभावकारी रुपमा लैजानु कर्मचारीहरुको मुख्य जिम्मेवारी हुने बताउनुभयो ।
त्यसबखत पूर्वसाँसदहरु नरबहादुर हमाल, जग्गेबहादुर शाही, राजबहादुर बुढा, भरतकुमारी रेग्मी, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरुले जिल्लाको विकास प्रभावकारिता र सेवाको गुणस्तर विषयमा बोल्नुभएको थियो ।
स्थानीय विकास अधिकारी हरी प्याकुरेलले आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि ३ अर्ब २६ करोड ५२ लाख ३२ हजारको अनुमानित बजेट प्रस्ताव गर्नुभएको भयो । सो रकम मध्ये जिविसको आफ्नो बजेट भने ८८ करोड ८ लाख ९३ हजार मात्र रहनेछ ।

प्रतिक्रिया