प्रविधि प्रसार सह्रानीय कार्य ः थापा

प्रविधि प्रसार सह्रानीय कार्य ः थापा

दैलेख, फागुन १६ – जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापाले पछिल्लो समय ग्रामीण क्षेत्रमा कृषकहरु आफैले प्रविधि प्रसारको काम गर्नु सह्रानीय कार्य भएको बताउनु भएको छ । Sudecc (2) Sudecc (1)
अक्सफामको सहयोगमा सुडेक नेपालद्वारा संचालित दीगो जीवकोपार्जन तथा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत महिलाको आर्थिक नेतृत्व विकास परियोजनाले दैलेखका बराह र सेरी गाविसमा गरेका कृषि सम्वन्धी क्रियाकलापहरुको स्थलगत अनुगमनमा पुग्नु भएका थापाले सो प्रतिक्रिया दिनुभएको हो ।
कृषि प्रसार अधिकृत थापाले गैरसरकारी संस्थाहरु सरकारका सहयोगी हात भएकोले सरकारी निकायसंग समन्वयमा अझै जोड दिनुपर्ने बताउनुभयो । त्यस बखत जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले गैरसरकारी क्षेत्रको सहयोगले कृषकहरुमा व्यवसायिक कृषि कार्य गर्न प्रोत्साहित गरेको आफ्नो मूल्यांकन सुनाउनुभयो ।
सुडेक नेपालको दीगो जीवकोपार्जन तथा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत महिलाको आर्थिक नेतृत्व विकास परियोजना जिल्ला सल्लाहकार समितिका पदाधिकारी तथा सरोकारवालाहरु नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नमनकुमार शाही, सुडेक नेपालका अध्यक्ष गंगाराम दाहाल, उपाध्यक्ष दुर्गा न्यौपाने, परियोजनाका जेटी गणेश थापा अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।
अनुगमनको क्रममा सो परियोजना अन्तरगत सेरी गाविस वडा नंं. २ को मग्राह हरियाली ताजा तरकारी समूह र बराह गाविस वडा नं. १ को तालपोखरीस्थित मिलिजुली कृषि सहकारी संस्थाका पदाधिकारी तथा सहकारी सेयर सदस्यहरुसंग त्यहाँ कृषकहरुले गरेका तरकारी खेती, बीउ बिजन वितरण, गरिएको सहयोग र सहकारी व्यवस्थापन विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया