बारको केन्द्रीय चुनावमा दाहालको केन्द्रीय सदस्यमा उम्मेदवारी

बारको केन्द्रीय चुनावमा दाहालको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल बार एशोसियशन दैलेखका सचिव अधिवक्ता शिवराज दाहालले बारको केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी चैत २० गते देशभर एकैसाथ क्षेत्रगत केन्द्रमा साधारण सदस्यहरुले मतदान गर्ने व्यवस्था छ ।
नेपाल बार एशोसियशनको २७ जना सदस्यीय केन्द्रीय कार्य समितिका लागि पेशागत प्रगतिशील कानून व्यवसायी संघ र लोकतान्त्रिक कानून व्यवसायी संघले छुट्टाछुट्टै समूहगत उम्मेदवारीको तय गरेको समयमा दाहाल कानून अध्ययन समाजको तर्फबाट उम्मेदवार घोषणा गर्नुभएको हो ।
नेपाल मजदूर किसान पार्टी पक्षधर कानून व्यवसायीहरुको संगठत कानून अध्ययन समाजले अध्यक्षमा रामप्रसाद प्रजापति, महासचिव नरहरिनाथ योगी, खुला सदस्यमा मदन श्रेष्ठ र उपत्यका बाहिरका सदस्य पदमा शिवराज दाहाल समेत ४ जनाले उम्मेदवारी आजै मात्र घोषणा भएको दाहालले पत्रकार भेटघाटमा बताउनुभयो ।

प्रतिक्रिया