दैलेखमा अढाई लाखलाई हात्ती पाइले औषधि खुवाइने

दैलेखमा अढाई लाखलाई हात्ती पाइले औषधि खुवाइने

 जिल्ला स्वास्थ्य कार्यालय दैलेखले यो वर्ष करिब अढाई लाख जिल्लाबासीलाई हात्ती पाइले बिरुद्धको औषधि खुवाउने योजना बनाएको छ । दैलेख सदरमुकाममा आज आयोजित सरोकारवालाहरुको जनचेतना कार्यक्रममा कार्यालय प्रमुख डा. निर्मल रसाइलीले सो जानकारी गराउनु भएको हो ।
फागुन २९, ३० र चैत १ गते गरी ३ सम्म २ वर्ष माथिका सबैलाई डीईसी र अल्वेण्डाजोल नामको औषधि खुवाइने तयारी पूरा भएको जानकारी दिइएको छ । गत वर्ष २ लाख ४० हजार भन्दा बढीलाई हात्ती बिरुद्धको औषधि खुवाइएको कार्यक्रम प्रमुख कलम थापाले
जानकारी दिनुभयो ।

प्रतिक्रिया