कृषि रणनीति आवश्यक ः साँसद पोखरेल

कृषि रणनीति आवश्यक ः साँसद पोखरेल

दैलेख,  दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले कृषिको उत्पादन बढाउन जिल्ला रणनीति आवश्यकता औल्याउनुभएको छ । दीगो र प्रकावकारी योजना बनाउँदा कुन ठाउँमा के उत्पादन सम्भावना छ, त्यस अनुरुपको पकेट क्षेत्र घोषणा गर्ने र कृषकहरुसम्म श्रोतको पहुँच पुग्नु पर्ने उहाको धारणा छ ।Saral Intraction
लुथर्न वल्र्ड फेडेरेशनको सहयोगमा एभरेष्ट क्लव र सामाजिक सेवा केन्द्र (सोसेक)द्वारा सञ्चालित उत्पादनशील जीविकोपार्जन सवलीकरण सामुदायिक पहल सुदृढीकरण परियोजनाको आज दैलेख सदरमुकाममा भएको समीक्षा कार्यक्रममा साले सो विचार व्यक्त गर्नुभएको हो ।
जिल्ला विकास समितिको कार्यालयका कायत्र्रक्रम अधिकृत पदम सापकोटाले सरकारी र गैरसरकारी क्षेत्रको लगानी परिचालन भए अनुसार कृषिमा एकै मौसममा बाली विविधीकरण र सघन प्रणाली हुन नसकेको औल्याउनुभयो । उहाँले पर्यावरण जोगाउने कार्यक्रम र भएका नीति कार्यान्वयन गराउनु पर्ने धारणा राख्नुभयो ।
त्यस बखत लुथर्न वल्र्ड फेडेरेशनका कार्यक्रम संयोजक मानध्वज खत्रीले गैरसरकारी संस्थाका कार्यक्रमहरु समन्वय मात्र नभई सहकार्यताको आवश्यकता रहेको बताउनुभयो । सो कार्यक्रममा सहभागी राजनीतिक दल, सरोकारवाला निकाय र सेवाग्राहीवीच कार्य प्रगति र भावी कार्ययोजना बारे खुला छलफलमा समेत भएको थियो ।

प्रतिक्रिया