सेवा केन्द्रलाई सामग्री हस्तान्तरण

सेवा केन्द्रलाई सामग्री हस्तान्तरण

दैलेख, फागुन २३– ईलाका प्रहरी कार्यालय दुल्लु अन्र्तगत महिला तथा बालबालिका सेवा केन्द्र दैलेखलाई सेभ द चिल्डेन र सामाजिक सेवा केन्द्र (सोेसेक)को साझेदारीमा संचालन गरिएको एकिकृत परियोजनाले कार्यालय ब्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गरिएको एक कार्यक्रममा महिला सेलका लागि आवश्यक कार्यालय ब्यवस्थापनका लागि स्टिल दराज १ थान, बुक सेल १ थान, अफिस टेवुल १ थान, कार्पेट र प्लाष्टिक कुर्चीहरु हस्तान्तरण गरिएको हो ।

दैलेख प्रहरी प्रमुख वीरबहादुर ओलीलाई सामाग्री हस्तान्तरण गर्दै सोसेकका अध्यक्ष मञ्जु खड्का लगायत
दैलेख प्रहरी प्रमुख वीरबहादुर ओलीलाई सामाग्री हस्तान्तरण गर्दै सोसेकका अध्यक्ष मञ्जु खड्का लगायत

प्रहरीहरुलाई बाल अधिकार तथा मामिला ब्यवस्थपन सम्वन्धी तालिमबाट बचेको रकमले ईलाका प्रहरी कार्यालय दुल्लुमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रलाई सामग्री किनेर हस्तान्तरण गरिएको एकीकृत परियोजना सोसेक दैलेखका संयोजक रत्नबहादुर बुढाले बताए । सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष मञ्जु खड्काले दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीलाई सामग्री हस्तान्त्रण गरिन् । तालिममा प्रहरी जवानहरुलाई खाजा खुवाएर बचेको पैसाले सामाग्री किनिएको डिएसपी ओलीले बताए । तालिमका लागि आएका बजेट बचाएर जनतालाई सेवा दिन सजिलो होस् कार्यालय ब्यवस्थापनको सामाग्री किनिएको हो । दैलेख प्रहरी प्रमुख ओलीले भने, जनतालाई सेवा दिन सहज गराउन प्रहरीले पनि योगदान गरे । ३९ हजार ६ सय ६३ रुपैँयाको सामाग्री किनिएको हो ।

प्रतिक्रिया