खाना पकाउदा घर नै दंन्किएपछि …

खाना पकाउदा घर नै दंन्किएपछि …

ज्वाला सन्देश सम्वाददाता
दैलेख, – मिठो खाना पकाएर परिवारलाई खुवाउन तम्तयार लक्षीराम सलामीका लागि त्यही खानाकै कारण घर न घाटका भए । नौमुले – ९ चिसापानीमा रहेको सलामीको घरमा खाना पकाउदा आगो सल्केर घर नै जलेपछि अहिले घर न घाटका भएका हुन् ।

आगोले घर छिन्नभिन्न पारेपछि सफा गर्दै घरमुली सलामी
आगोले घर छिन्नभिन्न पारेपछि सफा गर्दै घरमुली सलामी

त्यही खानाको आगो सल्किएर छिनभरमै सलामीको घर नै जल्यो, मन नै जल्यो । खाना पकाएर परिवारलाई खुवाउन तयार उनी हेर्दाहेर्दै घर खरानी भएको तर, घर जल्नबाट बचाउन सकेनन् । खरले छाएको दुई तले घर हेर्दाहेर्दै भुताभुंग भयो । झ्यालदेखी ढोकासम्म अन्नपातदेखी लुगासम्म केही बचेन् । छिमेकीले घर निभाउन निकै सहयोग गरेपनि निभाउनै हम्मेहम्मे भयो तर, छिनभरमै घर खरानी भयो । अहिले उनी एकसरो कपडामा श्रीमती र छोराछोरी सहित छिमेकीको घरमा शरण लिएर बसेका छन् । हिक्मत नहारेका सलामी ऋण काटेर भएपनि घर बनाउने सोचमा छन् ।
अहिले सलामी परिवार पोलिएको घर छेउमै बस्छन् । आफै दिनरात घर बनाउनका लागि तयारी गरिरहेका छन् । छिमेकीको दिएको अन्नकै भरोसामा उनको परिवार खर्च जुटेको छ । नौमुले प्रहरीले सलामीको आजगनी भएको घरको मुचुल्का समेत उठाएका छन् तर, उनले राहत अहिलेसम्म पाउन सकेकी छैनन् । २ लाख १० हजारको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय विकास अधिकारी हरि प्याकुरेलले तत्काल खाना खर्चका लागि ५ हजार रुपैँया दिएको जनाईएको छ । “खर्च कसरी जुटाउने भनेर चिन्ता लागेका बेला एलडिओ सापले ५ हजार दिनुभो ।” आजगनी पीडित सलामीले भने, जिल्ला प्रशासन लगायतबाट सहयोगको अपेक्षा गरेका छु । विदा भएर ढिला भएको हो ।

प्रतिक्रिया