स्कुल गएका विद्यार्थी नपढेरै फर्कन्छन्

स्कुल गएका विद्यार्थी नपढेरै फर्कन्छन्

ज्वाला सन्देश समाचारदाता
दैलेख,चैत्र २ गते । विद्यालयमा विहाना प्राथना हुन्छ । नियमित रुपमा विद्यालयमा विद्यार्थी पनि उपस्थित हुन्छन् । उपस्थित भएपनि के गर्ने पढाउने शिक्षक नहुँदा प्राथनापछि हाजिर लगाई ति विद्यार्थी घरतिर लाग्छन् । यो प्रक्रिया एकदुई दिनका लागि पटकै होइन । नियमित नै यहाँको नियम जस्तै बनेको दैलेख उत्तरतिर पर्ने कालिका गाविस स्थित बराह नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको ।
विद्यार्थी समयमा उपस्थित भएपनि ११ बजेमा मात्र प्राथना शुरु हुन्छ । एक कार्यालय सहयोगी सहित पाँच जना भएपनि सहयोगी धनबहादुर बुढाले नै गर्छन शिक्षकको काम । विहाना प्राथना गर्ने,हाजिरी गरेर पठाई दिने । हाजिर लगाई सबै विद्यार्थी आ– आफनो घरतिर लाग्छन् । विद्यालयमा शिक्षक उपस्थित नहुँदा अध्ययन गर्न गएका विद्यार्थी घर फर्किन्छन् । विद्यालयमा विद्यार्थी पढाउने शिक्षक उपस्थित नभइदिँदा विद्यार्थीले दिनुहँ नपढेर घर फर्किनु पर्ने बाध्यता छ ।

SAMSUNG CAMERA PICTURES
SAMSUNG CAMERA PICTURES

वराह नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीको दिनचार्य नै स्कुल जाने घर फर्किने गरेर वित्ने गरेको छ । विद्यालयमा विद्यार्थीको उपस्थिति भएपनि शिक्षक नआउँदा आफैले पढने,खेल्ने केही समय कक्षामा बसेर पढ्ने गरेको विद्यार्थी बताउँछन् । यहाँ आएर क्या गर्ने पढाउने शिक्षक छैन । विद्यालय त घर जस्तै भएको छ । घरमा त सम्झाउने अभिभावक हुन्थे । यस स्कुलमा कार्यालय सहयोगी बाहेक अरु कोही मास्टर आउँदैन एक विद्यार्थीले जानकारी दिनुभयो ।
२०४८ सालमा स्थापना भएको विद्यालयमा चार जना शिक्षक सहित पाँच जनाको संख्या रहेको निमित्त प्राधनाध्यापक पवित्रा हमाल बताउनुभयो । सरहरु सधै आउनुहुन्छ । आज किन आउनु भएन । जानकारी पनि दिनुभएको छैन तर आफु भने सुत्केरी विदामा बसेको जानकारी दिनुभयो । सो विद्यालयमा ८० को संख्यामा विद्यार्थी रहेका छन् ।
विद्यालयमा खेताला शिक्षक राख्ने परम्परा अन्त्य भएपनि शिक्षकको न्यून उपस्थितिले विद्यार्थीको पढाई लथालिङ भएको स्थानीयको आरोप छ । केटाकेटी स्कुल पठाएर के गर्ने मास्टर नै स्कुलमै आउँदैनन् गजबहादुर ढेगामगरले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयबाट पनि कहिल्यै अनुगमन गर्न आउँदैनन् । हाम्रो भनेको शिक्षकले मान्दैनन् । स्कुल सञ्चालनपछि गएको असार महिनामात्र जिल्ला शिक्षा कार्यालयबाट अनुगमन गरिएको जानकारी दिनुभयो ।
विद्यालयमा ११ बजेसकेपनि शिक्षक उपस्थित नहुनुले दुर्गमा नेपालको शैक्षिक अवस्था बास्तवमा दयनिय रहेको त्यहाँ पुगेका स्थानीय पत्रकार नविन शर्माले बताउनुभयो । हामी अनुगमनका लागि त्यहा पुग्दा सहयोगी आएर ११ बजे लाइन लगाए । हाजिर लगाए । घर पठाई दिए । शिक्षकको उपस्थिति थिएन,उहाँले भन्नुभयो । एकातिर शिक्षकको उपस्थितिले विद्यार्थीले पठन पाठन गर्न पाएका थिएन भने अर्कातिर कक्षा कोठाको अभावले कक्षा १ र २ का विद्यार्थीलाई एउटै कोठामा अध्यापन गराउने गरेको एक शिक्षकले बताउनुभयो । कक्षा कोठामा दिउसो समेत वत्ती वालेर वस्नु बाध्यता सँगै विद्यार्थी अनुसार वस्नलाई वेन्च नहुँदा चिसोमा प्लाष्ट्रिक ओछाएर खाली भुईमा वस्नेपर्ने बाध्यता रहेको छ ।
जिल्ला शिक्षा कार्यालय दैलेखले प्रत्येक वर्ष विद्यालयको भवन निर्माणका लागि रकम विनियोजन गरेपनि कालिका गाविसको बराह नेपाल राष्ट्रिय विद्यालयको दयनिय अवस्थाबारे बेखरवर भएको स्थानीयको आरोप छ । “नेताहरुले आ–आफनो ठाउँको विकासका लागि बजेट विनियोजन गर्छन । हाम्रो बारे बोलिदिने कोही नभएकाले हाम्रा दुःख जस्ताका त्यस्तै छन्” गजबहादुर ढेगामगरले बताउनुभयो ।
तस्वीर ः भक्तबहादुर शाही÷दुल्लू

प्रतिक्रिया