जोखिमपुर्ण यात्रा कहिले सम्म

जोखिमपुर्ण यात्रा कहिले सम्म

भक्त वहादुर शाही
दैलेख, नेपाल सरकारले अत्यन्त जोखिमपुर्ण र बाध्यात्मक रुपमा प्रयोग हुँदै आएका तुइन र लाक्पालाई विस्थापित गरी झोलुङ्गे पुर्ण निर्माण गर्ने निर्णयले कर्णाली र दुर्गमका बासिन्दामा सुरक्षित यात्राको लागि आशा पलाएको छ । तर त्यो जोखिमपुर्ण यात्राबाट कहिले उन्मुक्ति पाउने भन्नेबारे अधिकाँश दुर्गमका बासिन्दा चासो दिन थालेका छन् । यहाँका जिल्लामा यसरी जोखिमपुर्ण यात्रा गर्नुपर्ने कर्णाली नदी लगायत केही स साना खोलामा पनि स्थानीय बासी तुइन र लाक्पाबाट जोखिम यात्रा गर्न बाध्य छन् ।

दैलेखको कालिका ६ को सियाला खोला जोखिम पुर्ण यात्रा गर्दै वराह नेपाल राष्ट्रिय प्राविका विद्यार्थी । जहाँ झोलुङ्गेपुल नुहँदा विद्यार्थीे र आवतजावत गर्ने मानिसले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
दैलेखको कालिका ६ को सियाला खोला जोखिम पुर्ण यात्रा गर्दै वराह नेपाल राष्ट्रिय प्राविका विद्यार्थी । जहाँ झोलुङ्गेपुल नुहँदा विद्यार्थीे र आवतजावत गर्ने मानिसले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
दैलेखको पिपलकोबाट अछाम काँलेकाँडाको विद्यालयमा जान कर्णाली नदीमा खुर्पेटोको सहायतले जोखिम पुर्ण यात्रा गर्दै पिपलकोटकी सुनिता पाण्डे
दैलेखको पिपलकोबाट अछाम काँलेकाँडाको विद्यालयमा जान कर्णाली नदीमा खुर्पेटोको सहायतले जोखिम पुर्ण यात्रा गर्दै पिपलकोटकी सुनिता पाण्डे

गर्मी सिजनमा पानीको मात्रा घट्ने हुँदा दैलेखको रामघाट, छामघाट, लोहोरे, पादुका खोलामा त्यस भेगमा हिडडुल गर्नेले सजिलै यात्रा गर्छन भने बर्षातमा खोलाको पानीको मात्रा बढनाले जोखिम यात्रा गर्छन । यात्रीमा होइन् अधिकाँश विद्यालयका बालबालिकाले तुइन र लाक्पाबाट जोखिम उठाएर शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको छ । जोखिम यात्रा गरेर कतिपय स्थानीयबासी र विद्यार्थीले ज्यान गुमाईसकेका छन् । यस्तो स्थित भएका ठाउँमा सरकारले तुइन र लाक्पा विस्थापित गरि झोलुङ्ग पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीकै दिन दुई वर्षभित्र तुइन विस्थापित गर्ने महत्काँक्षी योजनाको फाइल हस्ताक्षरपछि निकै चर्चा परिचर्चा पाएको थियो ।
मुलुका ठुला नदी कर्णाली,त्रिशुली भेरी महाकाली नदीमा हो की अन्य स साना नदीमा पनि पुल निर्माण हुने हो वा होइन बारे स्थानीयबासी बेखवर छन् । प्रधानमन्त्रीको तुइन विस्थापित गर्ने भन्ने हस्ताक्षर पश्चात ढुंगा वारपार गर्दा दुई जनाले ज्यान गुमाएका छन् । तुइन योजना राम्रो भएपनि कहिलेसम्म दुर्गमा कहिले हुन हो भन्ने स्थानीय अनविज्ञ छन् । सरकारले लिएको लक्ष्यलाई पुरा गर्न हो भन्ने दुर्गमबाट झोलुङ्गे पुल निर्माण गरि तुइन र लाक्पा विस्थापित गर्नुपर्ने दैलेख कालिका गाविसका निर्वतमान गाविस अध्यक्ष गजबहादुर ढेगामगरले बताउनुभयो । उहाँले भन्नुभयो,झोलुङ्गे पुल बनाई तुइन र काठका फटट ,लाक्पालाई विस्थापित गर्नु राम्रो हो । तर दुई वर्ष भित्र तुइन विस्थापित गर्ने दुर्गमका हुनकी उपत्यका आसपासका वा ठुला नदीका हुन यो बारे स्पष्ट गरिएन । त्यसकारण सरकारले पहिलो प्राथमिकता दुर्गमलाई दिनुपर्छ उहाँको भनाई छ ।
तर सरकारले तुइन विस्थापित गरि झोलुङ्गे पुल निर्माण गर्नेप्रति अछाम काँलेकाँडा गाविस भानाकोट वस्तीका ७५ वर्षिय नैनसिंह विष्टलाई रतिभर विश्वास लागेको छैन । आफुले दैलेखको पिपलकोट र अछामको काँलेकाँडा जोड्ने कर्णाली नदीमा पुलको माग गर्दा गर्दै बुढो भएको बताउनुभयो । योजना त आउँछन । तर हाम्रा गाउँमा नेता र कार्यकर्ता नहुँदा समस्या जस्ता पहिले थियाँ अझ सम्म उस्तै छन् उहाँले भन्नुभयो । पुल निर्माण भएको हेर्ने आफ्नो सपना अझैसम्म पुरा नभएको उहाँको दुखेसो छ ।
पुल नहुँदा वर्षाको समयमा बालबालिका तथा बृद्धबुद्धा जोखिम मोलेर जीर्ण तुइनबाट कर्णाली नदी तर्न बाध्य छन् । पुलको मागको लागि धेरै ठाउँ धायौं ४५ बर्षिय चीनबहादुर विकले जानकारी दिनुभयो । पुल निर्माणमा कसैको अहिलेसम्म कसैको ध्यान गएन । कर्णाली नदीको भानाकोट,असारघाट,पाल्तडा र रामघाट खोला,दैलेखको दक्षिण कालिका गाविसको सियाला खोलाका तुइन जीर्ण अवस्थामा छन ।

प्रतिक्रिया