बालसंरक्षणमा पारा सामाजिक कार्यकर्ता

बालसंरक्षणमा पारा सामाजिक कार्यकर्ता

ज्वाला सन्देश सम्वाददाता
दैलेख, चैत्र ५ गते । जोखिममा परेका बालबालिकाको संरक्षण एवं व्यवस्थापन गर्न जिल्लाका १० गाविसमा बालबालिका संरक्षण र अधिकारका लागि पारा सामाजिक कार्यकर्ता परिचालन गरिएको छ । जोखिममा रहेका बालबालिका जोखिममुक्त गर्नुका साथै आवश्यक सहयोगको खोजीका लागि सम्बिन्धित निकायसम्म बालबालिकको पहुँच पु¥याउनका लागि जिल्लाका दश गाविसमा पारा सामाजिक कार्यकर्ता तयार गरिएको हो ।

 तपाईका बालबालिका बारे भन्नुहोस । दैलेख नारायण नगरपालिकाको नमुना बस्तीमा पारा सामाजिक कार्यकर्ता जोखिम बालबालिकाको बारे जानकारी लिदै ।
तपाईका बालबालिका बारे भन्नुहोस ।
दैलेख नारायण नगरपालिकाको नमुना बस्तीमा पारा सामाजिक कार्यकर्ता जोखिम बालबालिकाको बारे जानकारी लिदै ।

जोखिममा रहेका बालबालिकाको पहिचान गरि तिनीहरुका सहयोगका लागि सुचना संकलन गर्ने र समस्या परेका बालबालिकालाई तिनीहरुको सहयोगको लागि सम्बन्धित निकायमा पु¥याउने काम पारा सामाजिक कार्यकर्ताको अभिभारा सुम्पिएको छ ।
गाउँ विकास समिति र नगरपालिका बालअधिकारको हनन्,बालक्लव गठन गरि मुल समस्या पत्ता लगाई जोखिमबाट मुक्त गर्नका लागि गाउँ र नगरपालिकामा पारा सामाजिक कायकर्ता परिचालन गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत उपेन्द्र भण्डारीले बताउनुभयो । “हामीले जोखिममा परेका बालबालिकका समस्या पत्ता लगाई सम्बन्धित निकायको ध्यानकार्षण गराई जोखिमबाट बालक मुक्त गरि सहयोगको लागि पहल गर्ने गरेका छौं”उहाँले भन्नुभयो ।
सन २०१५ मा दश गाविसमा गरिएको सर्वेक्षण अनुसार तीन सय ७१ बालबालिका जोखिमको पहिचान गरि एकसय २६ जनाले सहयोग पाएका छन् । त्यसैगरि सन २०१६ मा एकसय ८४ जना बालबालिकको जोखिम पहिचान गरि तीन जनालाई सहयोग गरिएको सामाजिक सेवा केन्द्र परियोजनाका संयोजक रत्नबहादुर बुढाले बताउनुभयो । “कार्यक्रमले जोखिम बालबालिकाको पहिचान गरि आर्थिक स्थिति राम्रोलाई छलफल गरि घरमै राम्रो वातावरण बनाई जोखिमबाट मुक्त गछौं भने आर्थिकस्थिति कमजोर भएका सिमाकृत एवं विपन्न र जोखिममा परेका बालबालिकाको लागि गाउँ वा नगर बाल संरक्षण तथा व्यस्थापन उपसमितिमा व्यापक छलफल गरि आवश्यक सहयोगको लागि सिफारिस गछौं ”उहाँले भन्नुभयो
जिल्लाका क्षेत्र १ का चार गाविस र क्षेत्र २ का छ गाविसमा यो कार्यक्रम सञ्चालन गरिएको छ । विशेष गरि सिमान्तकृत उत्पिडन,अतिगरिब परिवारका बालबालिकालाई जोखिमबाट मुक्त गर्नु कार्यक्रमको लक्ष्य छ । अझ कार्यक्रमलाई प्रभाबकारी बनाउन कार्यक्रमले पारा सामाजिक कार्यकर्तालाई दुई दिने बाल अधिकार र बाल संरक्षण तथा मामिला व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सेभ द चिल्डेनको आर्थिक सहयोग महिला बालबालिका कार्यालय दैलेख समन्वयन र सामाजिक सेवाकेन्द्रको आयोजनामा गरिएको थियो ।

प्रतिक्रिया