निरक्षर बस्तीमा सरकारी चासो कहिले ?

निरक्षर बस्तीमा सरकारी चासो कहिले ?

भक्तबहादुर शाही
दैलेख–जनताको शान्ती सुरक्षा शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी दायित्व राज्यको हो । तर राज्य नै उदासिन भई दिदा कसरी पिछडएको वर्ग र समुदायले शान्ती सुरक्षाको अनुभुति नै लिन पाउँदैनन् । राज्यको उदासिनताले गर्दा नै दक्षिण एशियाको लोपोन्मुख मानिने राउटे समुदाय सरकारी सेवा सुविधाको स्वाद लिन छैन । पाओस पनि कसरी । सरकारले लोपोन्मुख जातीलाई आधुनिक समाजमा रुपान्तरण हुन अनुरोध गर्छ । नेपालको एकमात्र भ्रमणशिल जीवनयापन गर्दै आएको समुदाय अस्वीकार गर्छ । कारण त्यो जाति परम्परा निरन्तरता चाहान्छ ।

 हामी लेखपढ गर्देनौं ।             नेपालको एकमात्र भ्रमशिल राउटे समुदाय । लेखपढ, खेतीपाती र स्थानीय बसोबासलाई शत्रु ठान्ने यो समुदायले अहिलेसम्म निरक्षर छ ।
हामी लेखपढ गर्देनौं ।
नेपालको एकमात्र भ्रमशिल राउटे समुदाय । लेखपढ, खेतीपाती र स्थानीय बसोबासलाई शत्रु ठान्ने यो समुदायले अहिलेसम्म निरक्षर छ ।
हामी हौ निरक्षर  ः पढाई लेखाई शत्रु ठान्ने यो समुदायमा नेपाल सरकारले अहिलेसम्म शिक्षाको कार्यक्रम सञ्चालन गरेको छैन
हामी हौ निरक्षर ः पढाई लेखाई शत्रु ठान्ने यो समुदायमा नेपाल सरकारले अहिलेसम्म शिक्षाको कार्यक्रम सञ्चालन गरेको छैन

काठमाण्डौ आत्मनिर्णयको अधिकारको बारे चर्चा चलिरहेको बेला भने यो जाती अधिकारको बारे वेखवर छ । सन २०१५ मा नेपाल सरकारले निराक्षर उन्मुलन गर्न विभिन्न कार्यक्रम सञ्चालन ग¥यो । कहिले विद्यार्थी अभियान सञ्चालन ग¥यो । कहिले अनौपचारिक शिक्षा कार्यक्रम । जुन कार्यक्रम गरे पनि त्यसको एउटै लक्ष्य थियो । उमेर पुगेका बालबालिकालाई विद्यालय भर्ना गर्ने,सबै नेपालीलाई आधारभुत शिक्षा प्रदान गर्नु रहेको थियो ।
तर विडम्बना हो । दक्षिण एशियाको एकमात्र फिरेन्त जाति राउटे समुदायलाई पढाईतिर आर्कषित गर्न सरकारले कुनै कार्यक्रम पनि सार्वजनिक गरेन । त्यो जाति निरक्षरको निरक्षर नै रही रह्यो । स्थायी बसोबास,खेतीपाती र लेखपढलाई आफ्नो महाशत्रु ठान्ने यो जाती पछिल्लो समय शिक्षातिर उन्मुख हुन थालेको देखिन्छ । कोही विदेशी पर्यटक बस्तीमा पुग्दा सहयोगी नेपाली व्याक्तिलाई अंग्रेजी सिकाई दिन राउटे युवाहरु ढिपी गर्दछन् । अंग्रेजी सिक्न रहर गर्दछन् ।
अंग्रेजी मोहले गर्दा आधुनिक परिवर्तन समय सँगै राउटे युवा बदलिन थालेका देखिन्छन् । युवाहरु दाल,भात,पानी र पैसाको मात्र अंग्रेजी सिक्ने चाहान गरेको केही महिना अगाडी डेनमार्कका नागरिक सँग राउटे वस्तीमा पुगेकी सुर्खेतकी प्रतिमा मल्लाहले जानकारी दिइन । राउटे युवा खगेन्द्रले मलाई अंग्रेजी सिकाई दिउ भनेर हैरान नै पारे । मैले उनलाई अंग्रेजी सिकाए,उनले मलाई खाम्ची सिकाए,उनले खुलासा गरिन ।
अंग्रेजी भाषा सिकेमा विदेशी सँग कुरा गर्न सजिलो हुने भएकाले आफुलाई अंग्रेजी सिक्न रहर जागेको राउटे युवा खकेन्द्रको भनाई छ । राउटेले मल्लाहलाई खाम्ची र मल्लाहले अंग्रेजी सिकाउन शर्तमा हामी दुवै मन्जुर भयौ मल्लाह भनिन । राउटे युवा खकेन्द्रले पनि मल्लाहलाई खाम्ची सिकाए । कहाँ जानेलाई (हेभ गाले)गयत्रे खाँ (विवाह गरेको छ)भन्नु भनेर । राउटे युवाले आफुलाई सिकाएको धेरै कुरा मध्ये दुईवटा बाक्य मात्र सम्झना रहेछ । राउटेले पढाईलाई कुलधर्मको शत्रु ठानेपनि गैरराउटेको भेटघाटबाट सबैभन्दा बढी राउटेका महामुखिया महिनबहादुर शाहीले अंग्रेजी सिकेका रहेछ मल्लाह जानकारी दिइन । डेनिस नागरिकसँग कुरा गर्दा महामुखियाले आफनी श्रीमतिलाई चिनाउन विदेशी सँग अंग्रेजीमा “माई वाईफ” भन्दा विदेशी नागरिक दंग परेको मल्लाहको भनाई छ ।
राउटे समुदायमा शिक्षाका कार्यक्रम सञ्चालन नगर्नु नेपाल सरकार जनताप्रति कति उदानसिन छ भन्ने कुराको तथ्य राउटे नै हुन् । दैलेख क्षेत्र –२ का नेपाली काँग्रेसका क्षेत्रीय सभापति घनश्याम भण्डारीले जानकारी दिए । उनले भने “पढाई उनको कुलधर्म विरुद्ध होला । तर सरकारले त प्रयास गर्नुपथ्यो । हामीले पढाई लेखाई गदैनौं भन्दा झनै सरकारले हाईसञ्चो मान्यो उनको आरोप छ । राउटेको शिक्षा दिक्षा र जनचेतनाका लागि नेपाल सरकारले घुम्ती स्वास्थ्यकर्मी,शिक्षकको व्यवस्था गर्नुपर्ने उनको जोड छ । राउटेले पढाई लेखाई गर्दैन भनेर सरकारले चासो दिन छोडनु हुदैन । त्यसको केही विकल्प खोज्नुपर्छ । ”
जिल्लामा शिक्षा सम्बन्धित विभिन्न संघ संस्थाले कार्यक्रम सञ्चालन गरेपनि राउटे वस्तीमा शिक्षाको कार्यक्रम लिएर सरकारी एवं गैरसरकारी संस्था अहिलेसम्म कुनै पनि संस्था नगएको राउटे सँग काम गरेका सामाजिक सेवा केन्द्र सोसेकका कर्मचारी खगेन्द्रबहादुर शाहीले बताए । उनले भने, हामीले केही वर्ष सम्म पोषण सम्बन्धि मात्र काम ग¥यौं । राउटे रिसाउँछन भनेर पढाईका कुरा चलाएनौं ।
तर राउटे भने कुनै पनि हालतमा लेखपढ र स्थायीबासी , खेतीपाती नगर्ने राउटे मुखिया सुर्यनारायण शाहीले बताए । लेखपढ खेतीपाती तपाईले गर्ने हो । पहिले देखी नगरेको हामीलाई त्यसो गर्न अप्ठयारो लाग्ने कुलधर्मको विरुद्ध हुने उनको बुझाई छ । लेखपढ गरे दुःख हुन्छ भनेर मेरो जनता रुन थाल्छ । दुःख लाग्ने कुरा गर्नु हुदैन उनले भने् ।
२०६५ सालमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भटट्राई सँग भेट्दा आफुलाई लेखपढ,एकै ठाउँमा बस,खेतीपाती गरे भनेको तर आफुले अस्वीकार गरेको सुर्यनारायणले जानकारी दिए । नेपालमा एकमात्र भ्रमशिल समुदाय नै निरक्षर समुदाय हो । नेपालको सम्पदा र मध्यपश्चिमको गहनाको रुपमा चिनिदै आएको यो समुदाय वर्गविहिन समुदाय हो । यो समुदायमा एक आपसमा गोप्यता छैन । धन सम्पत्ति कमाउने लोभ छैन । मध्यपश्चिमका दाङ्ग,दैलेख,सुर्खेत,अछाम,जाजरकोट सल्यान अछाम जिल्लाका जंगलमा यो बसोबास गर्ने गर्छ

प्रतिक्रिया