जीप दुर्घटना हुँदा सात जना घाइते, ढुंगा निकाल्दा एकको मृत्यु

जीप दुर्घटना हुँदा सात जना घाइते, ढुंगा निकाल्दा एकको मृत्यु

भक्त वहादुर शाही
दैलेख, चैत्र १० गते । नारायण नगरपालिका –१ को गताडीमा बुधवार भे १ ज ३४१ को जीप दैलेखबाट वेस्तडा जाने क्रममा दुर्घटना हुँदा घाइते सात जना घाइते भएका छन् ।

बुधवार दैलेख सदरमुकाम नजिकै गताडीमा दुर्घटनाग्रस्त जीप हेर्दै सदमुकामबासी । दुर्घटना ७ जना घाइते भएका थिए
बुधवार दैलेख सदरमुकाम नजिकै गताडीमा दुर्घटनाग्रस्त जीप हेर्दै सदमुकामबासी । दुर्घटना ७ जना घाइते भएका थिए

घाइते हुनेमा दैलेख कट्टी –३ वर्ष २५ की सिता शर्मा तीन वर्षिय छोरा क्षितिज शर्मा र पग्नाथ ७ की १७ वर्षिया सुनिता थापा कट्टी –३ वर्ष २२ का गोपाल के.सी र जाजरकोट मचकोट गाविस वडान ६ का ३९ वर्षिय चक्रबहादुर तिरुवा,४० वर्षिया श्रीमति रुपा विक र ११ बर्षका छोरा राजबहादुर विक. घाइते भएका हुन ।
घाइते सिता शर्मा र बालक क्षितिज शर्मालाई थप उपचारको लागि नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइते भएका कट्टी ३ का गोपाल के.सी नेपालगञ्ज दंगा नियन्त्रण प्रहरीमा कार्यरत छन् । घर विदा आएका केसीलाई सामान्य चोटपटक लागेको छ । अन्य घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । जीप सडकबाट ६० मिटर तल खोल्सामा खसेको थियो । धकलेर स्टाट गर्ने क्रममा जीप दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार भएका छन् भने सहचालक जयबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप दैलेख वेस्तडातिर चार वर्षदेखी सञ्चालनमा आएको थियो ।

त्यसैगरि दैलेखको अर्को घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्लेरी –८ का अम्बर बलामी हुन । सोही गाविसका १९ बर्षिय रामबहादुर बलामी घाइते भएका छन् घाइतेको उपचारको लागि एम्बुलेन्स पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख वीरबहादुर ओलीले बताउनुभयो । नेपाल राष्टिय निम्न माध्यामिक विद्यालयको भवन निर्माणको लागि ढुंगा निकाल्ने क्रममा अम्बरको मृत्यु भएको थियो । राम बहादुर घाइते भएका हुन् ।

प्रतिक्रिया