चिट–भिड रहित एस.एल.सी ः अधिकारी

चिट–भिड रहित एस.एल.सी ः अधिकारी

महेन्द्र सापकोटा
यस वर्षको एस.एल.सी परिक्षा देशैभर भोलीवाट सुरु हुदैछ । एस.एल.सी परिक्षाको पहिलो दिन भोली अंग्रेजी विषयको परिक्षा हुनेछ । ३१ परिक्षा केन्द्र रहेको दैलेखमा यस वर्षको एस.एल.सी परिक्षा चिट र भिड रहित बनाउन जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले जिल्लावासी सवैमा अपिल गरेका छन् । मंगलवार जिल्ला शिक्षा कार्यालय दैलेखमा पत्रकारहरुसंगको छलफलमा जिल्ला शिक्षा अधिकारीले विद्यार्थी, अभिभावक र जिल्लावासीहरुमा यस्तो आग्रह गरेका हुन् । दैलेखमा चिट चोर्ने प्रथाले जिल्लाभन्दा वाहिर पनि प्रचार भएकाले आफ्नो यस जिल्लालाई चिटरहित वनाउनका लागि सवैको सहयोग आवश्यक रहेको उनले बताए । ‘विद्यार्थीहरुलाई मुस्कान सहित माया गर्नु पर्छ उनले भने, ‘तर चिट चोर्ने विद्यार्थीहरुलाई भने चोर्नवाट निरुत्साहित गर्नुपर्छ ।’ परीक्षा हलको बाह्य र भित्री वातावरणलाई अँझ बढी परीक्षा मैत्री बनाउने र परीक्षाकेन्द्र वाहिर अभिभावकहरुको भीड नगर्न जिशिअले आग्रह गरेका हुन् । पछिल्लो समय चिट चोरेर मात्र पास गर्ने वानीले विद्यार्थीको शिक्षा क्षेत्रमा कुनै भविष्य नरहेको जिल्ला शिक्षा अधिकारी अधिकारीको भनाई छ । शैक्षिक क्षेत्रलाई सुधार गर्न एस.एल.सी परिक्षालाई आइरन गेटको रुपमा भन्दा पनि गोल्डेन गेटको रुपमा लिनु पर्ने उनको भनाई छ । नेपालको स्थापित र सर्वाधिक मान्यता प्राप्त एस.एल.सी.परीक्षालाई मर्यादित, अनुशासीत र व्यवस्थित रुपमा संचालन गर्न, गराउन जिल्लामा क्रियाशिल राजनैतिक दल, शिक्षककका पेशागत संगठन, शिक्षाप्रेमी, समाजसेवी, अभिभावक, शिक्षक, विद्यार्थी, वि.ब्य.स.समिति, पत्रकार र नागरिक समाज लगाएतक परीक्षासंग सम्बन्धित सबै सरोकारवालाहरुलाई आ–आफ्नो ठा“उबाट सक्दो सहयोग गर्न गराउन जिल्ला शिक्षा कार्यालय दैलेखले अपिल समेत गरेको छ । साथै यस वर्षको एस.एल.सी परिक्षामा दैलेख जिल्लावाट नियमित तर्फ ५ हजार ५ सय २२ जना, आंशिक तर्फ ४ हजार १ यस ४३ र प्राविधिक तर्फ ८१ जना गरी कुल ९ हजार ७ सय ४६ जनाले फम भरेका थिए । ८० जना विद्यार्थीको हिजारी नपुगेका कारण उनीहरु परीक्षा दिनवाट वञ्चीत भएको जनाइएको छ । ३१ परीक्षा केन्द्रमा ३१ जना केन्द्राध्यक्ष, ४८ सहयक केन्द्राध्यक्ष, ३ सय ९८ जना निरिक्षक, २ सय ९ जना सहयोगी र सुरक्षाकर्मी भने आवश्यकता अनुसार खटाइएको जिल्ला शिक्षा कार्यालय दैलेखले जनाएको छ । एस.एल.सी. परिक्षामा कहि कतै आचारसंहीता उलंघन गर्ने सबैलाई नियमानुसार कडाभन्दा कडा कार्वाही हुने समेत जनाइएको छ ।

प्रतिक्रिया