सहकारी दिवश भव्यताका साथ सम्पन्न

सहकारी दिवश भव्यताका साथ सम्पन्न

ज्वाला सन्देश सम्वाददाता
दैलेख, ५९ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएकोछ । गणेश चोकवाट निकालिएको ¥यालीका स्थानीय टुडिखेलमा पुीग सभामा परिणत भएको थियो । ‘‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’’ भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ दैलेखको आयोजनामा शनिबार विविध कार्यक्रमका साथ यो दिवश मनाइएको हो ।Sahakari (2) Sahakari (1)
दिवशको अवसर पारेर जिल्ला सहकारी संघको नेतृत्वामा सुक्रवार जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो । फलफुल वितरणमा संघमा आबद्ध दर्जन वढि सहकारीका प्रमुख प्रतिनिधिहरु सहभागी थिए । यसै गरि सनिवार सम्पन्न दिवश समारोहमा बहिरा श्रोत कक्षामा अध्यायनरत बहिरा बालबालिकाहरुलाई स्टेशनरी समेत वितरण गरिएको छ । स्थानीय टुडिखेलमा भएको सभामा आर्थिक विकास र सामाजिक रुपान्त्रणका लागि सहकारी भन्ने विषय बस्तुमा वत्तित्वकला प्रतियोगिता समेत गराइएको थियो । जसमा जनकल्याण उमावि श्रेर्माकोटकी छात्र लक्ष्मी विष्ट प्रथम भइन् भने त्रिभुवन नमुना उमावि नयाँवजारमा अध्यायनरत छात्रा चन्द्रा शाही दोस्रो भइन् । त्यस्तै प्रतियोगीतामा बसन्त उमाविमा अध्यायनरत छात्र राजु परियार तेस्रो भए भने रेडक्रस माविमा अध्यायनरत छात्रा सँगीता न्यौपाने सान्तवनामा परिन । सहकारीमा आबद्ध भएर नियमित सहकारी गतिवीधिमा सक्रिय रहने चार जना जेष्ठ नागरिकहरुलाई सभामा सम्मान समेत गरिएको थियो । सम्मानीत हुनेमा गोठपाँडा कृषक सहकारीका ७२ वर्षिया कौशिल्ला देवी थापा, नारायण बहुउद्येश्यीयका ८२ वर्षिया कौशिल्ला खत्री, पिपल चौतारीका ९७ वर्षिया गौरी जैसी र वेदखोला सहकारीका मणीराम रेग्मी हुन् ।
देशको आर्थिक उन्नतीमा सहकारीको महत्वापुर्ण भुमिका रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी लकुबहादुर क्षेत्रीले सबै नागरिकहरु सहकारीमा संलग्न हुन सके देशको आर्थिक विकासमा आम सर्बसाधारणको प्रत्यक्ष सहभागिता देखिने बताए ।
दिवश समारोहमा जिल्लामा त्रियाशिल राजनीतिक दल, सरकारी कार्यालयका, उद्योग वाणिज्य संघ लगाएतका प्रमुख प्रतिनीधिहरुले शुभकामना दिएका थिए ।
वि.सं. २०१० साल चैत २० गते चितवनमा दर्ता भएको बखान ऋण सहकारी संस्थाको स्थापना दिनलाई हरेक वर्ष राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आएको छ । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था छन् ।
रोजगारी सिर्जना, गरिबी न्युनिकरण र उत्पादनमा सहकारी क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउन सबै सरोकारवालाहरुको सहयोग आबस्यक रहेको जिल्ला सहकारी संघ दैलेखले जनाएको छ । दिवश समारोहमा स्टार डान्स क्लव दैलेखका कलाकारहरुले सहकारी सन्देशमुलक गित र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया