मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्राज्ञिक परिषद्को बैठक सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको  प्राज्ञिक परिषद्को बैठक सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको  प्राज्ञिक परिषद्को  बैठक  उपकुलपति एवम् प्राज्ञिक परिषद्का अध्यक्ष  प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक स्थलको  रुपमा विकास गर्न अध्ययन , अध्यापन  र अनुसन्धानको केन्द्र बनाउनु पर्नेमा जोड  दिदै यस क्षेत्रको विकास र समृद्धिको  आधार विश्वविद्यालय बनाउन  सरोकारवाला सबैलाई अपिल गरे | patrakar sammelan (2) patrakar sammelan (1)त्यसगरी स्वागत मन्तव्य राख्दै विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयको स्थायित्व र विकासका  लागि  जनशक्ति व्यवस्थापन विधि र प्रक्रिया सम्मत तरिकाले हुने बताए | बैठकले जम्मा ६ वटा  प्रस्ताबमा  कार्यसूची तयार पारेकोमा सबै प्रस्तावहरूलाई अनुमोदन गरेको छ | बैठकले मध्यपश्चिमाञ्चल मध्यपश्चिमाञ्चल विश्वविद्यालय, संगठन तथा शैक्षिक-प्रशासनिक नियमावली – २०६९, परिच्छेद- ४ को दफा ४१  (ज) बमोजिमको सम्बन्धन र अनुगमन सम्बन्धी नीतिलाई पारित गरेको छ | त्यसै गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट प्रदान गरिने छात्रवृत्ति /विद्वतवृति र पुरस्कार सम्बन्धी कार्यविधि तयार गर्न रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको संयोजकत्वमा  इन्जिनियरिङ सङ्कायका डीन प्रा. ई. रामचन्द्र आर्याल, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका नि. डीन आनन्द प्रसाद सुवेदी,  व्यवस्थापन महाविद्यालयका प्राज्ञिक निर्देशक वीर वहादुर पौडेल र शिक्षा विज्ञान महाविद्यालयका डीन  लक्ष्मीप्रसाद आचार्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको  छ | सुर्खेत उद्योग वाणिज्य संघले घोषणा गरेको SCCI Award (Surkhet Chamber of Commerce and Industry) व्यवस्थापन सङ्काय अन्तर्गत एमविए, विविए र इन्जिनियरिङ सङ्कायका अन्तिम सत्रान्त परिक्षामा सर्वोत्कृष्ट अङ्क सहित उत्तीर्ण हुनेलाई प्रदान गरिने स्वर्ण पदकलाई अनुमोदन गरेको छ |

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायका डीन प्रा.ई. रामचन्द्र आर्यालले प्रस्तुत गरेको स्नातक तहको  बि. ई.( सिभिल ) को पाठ्यक्रम परिमार्जन र बि. ई.( कम्प्युटर) विषयको प्रथम र दोस्रो सेमेस्टरको नयाँ विषयको पाठ्यक्रम अनोमोदन गरेको छ | व्यवस्थापन सङ्कायका डीन एवम् प्राज्ञिक परिषद्का सदस्य सचिव डा. मस्त बहादुर गरंजाले प्रस्तुत गरेको स्नातक र स्नातकोत्तर तहको क्रेडिट आवर क्रमशः १२० र ७० कायम गर्न, स्नातक तहको विविएस कार्यक्रमको विषय कोड न . Mgmt. 311 देखि र स्नातकोत्तर तहको एमविएस कार्यक्रमको कोड. न. Mgmt 511 बाट सुरु गर्ने र विविए तर्फको Mgt 311 एवम् र स्नातकोत्तर तहको एमविए कार्यक्रमको कोड न. Mgt 511  बाट सुरू भएको उल्लेखित कोड नम्बरहरू स्वीकृति, स्नातक र स्नातकोत्तर तहका परिमार्जित पाठ्यक्रमहरू स्वीकृति र स्नातक तहमा Bachelor of Travel and Tourism Management (BTTM) , Bachelor of Hospitality and Hotel Management (BHHM) विषयमा पाठ्यक्रम निर्माण गरी आगामी दुई बर्षमा कार्यक्रम संचालन गर्न स्वीकृति सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ | मानविकी तथा सामाजिक शास्त्र सङ्कायका नि. डीन आनन्द प्रसाद सुवेदीले पेस गरेको पाठ्यक्रम संसोधन सम्बन्धमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत २ बर्षे स्नातकोत्तर र ४ बर्षे स्नातक तहमा भर्ना भएको विद्यार्थी भर्ना भएको मितिले थप १ बर्षभित्र सम्बन्धित तह पुरा गर्नुपर्ने, स्नातक तहमा २०० पूर्णाङकको अनिवार्य नेपाली विषय पाठ्यक्रम तयार पारी  दुई बर्षभित्रमा लागु गर्ने, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान, पत्रकारिता र आम सन्चार, जनप्रशासन र स्नातक तहमा पुस्तकालय विज्ञान र सुरक्षा रणनीति विषयको पाठ्यक्रम बनाई आगामी दुई बर्षभित्रमा लागु गर्न, स्नातक तहमा दुई मूल विषय पठनपाठन गर्ने गरी दुई धारीय प्रणाली (Two Streams  System ) आगामी दुई बर्षभित्रमा लागु गर्ने, स्नातकोत्तर तहमा कुल ७५ क्रेडिट आवर अनुसारको संसोधित पाठ्यक्रम स्वीकृति गर्ने  , ललितपुरमा संचालित  अन्तर्राष्ट्रिय सहकार्य र विकास (MICD)कार्यक्रमको पठनपाठन, परीक्षा, कर्मचारी/शिक्षक व्यवस्थापन र कार्यक्रमको औचित्य लगायतका विषयमा आवश्यक छानविन गरी त्यस कार्यक्रमको निरन्तरता गर्ने नगर्ने  सम्बन्धमा  राय प्रस्तुत गर्न एक उच्चस्तरीय समिति गठन गर्ने, स्नातकोत्तर तहमा संचालित द्वन्द्व र शान्ति अध्ययन (CAPS), अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति (IR) , सामाजिक कार्य (SW) ग्रामीण विकास (RD), विकास अर्थशास्त (DE ), समाज शास्त्र (Sociology), मानवशास्त्र (Anthropology ) विषयहरू मध्ये एक आपसमा प्रकृति र पाठ्यक्रम मिल्ने विषयहरूलाई एकीकरण गरी नयाँ विषय र पाठ्यक्रम निर्माण गरी आगामी दुई बर्षभित्रमा लागु गर्ने, स्नातकोत्तर तह प्रथम सेमेस्टरको तेस्रो पत्र Eng. 513. History of Knowledge विषयको सन्दर्भ सामग्रीमा Charles Van Doren द्वारा लिखित A History of Knowledge: Past, Present and Future पुस्तकको पेज न. २१ अन्तर्गत Buddhism भन्ने शिर्षकमा Siddharth Gautam , the Buddha (enlightened one) , had been born about 563 BC to a princely family of Northern India भनि बुद्ध भारतमा जन्मिएको भन्ने गलत कुरा लेखिएको हुँदा विषय विज्ञको राय लिई उक्त पुस्तकको सट्टा अर्को पाठ्यपुस्तक पाठ्यक्रममा समावेस गर्ने लागयतका निर्णयहरू पारित गरेको छ |

विज्ञान तथा प्रविधि सङ्काय नी.डीन पदम राज जोशीले पेस गरेको प्रस्तावमा छलफल गरी स्नातक तहका उल्लेखित विषयका विषय कोड, उद्धेश्य र मूल्यांकन, शिक्षण समय र सन्दर्भ सामग्रीहरूका सम्बन्धमा गरिएको संसोधनको स्वीकृति, स्नातक तहमा B.Sc. CSIT को नयाँ पाठ्यक्रम निर्माण गरी आगामी दुई बर्षभित्र  लागु गर्ने र स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम निर्माण गरी आगामी तीन बर्षभित्र  लागु गर्ने निणर्य  गरेको छ | त्यसै गरी शिक्षा बिज्ञान सङ्कायका डीन लालमणि आचार्यले प्रस्तुत गरेको स्नातक तहको पाठ्यक्रम परिमार्जनको लागि विषय विशेषज्ञ सहितको प्रक्रियालाई अगाडि बढाउने, स्नातकोत्तर तहको शारीरिक शिक्षाको पाठ्यक्रम स्वीकृति र स्नातक तहको स्वास्थ्य तथा शारीरिक शिक्षा  विषयको विषय कोड न. स्वीकृति, स्नातकोत्तर तहको ७५ क्रेडिट आवर अनुरूपको पाठ्यक्रम स्वीकृति र स्नातक तहमा दुई मूल विषय पठनपाठन गर्ने गरी दुई धारीय प्रणाली (Two Streams System ) आगामी दुई बर्षभित्र  देखि लागु गर्ने, स्नातकोत्तर तहको सोधपत्रको आकार/आयाम लगायत अभ्यास शिक्षण सम्बन्धी कार्यविधि बनाउने प्रक्रिया स्वीकृति र स्नातक तहमा विज्ञान शिक्षा मूल विषय संचालनका लागि पाठयक्रम निर्माण प्रक्रिया अगाडि बढाउन स्वीकृति सम्बन्धी प्रस्तावलाई समेत अनुमोदन गरेको  छ |

 बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको ढाँचा, उपकुलपति एवम प्राज्ञिक परिषद्का अध्यक्ष प्रा.डा. उपेन्द्र कुमार कोइरालाले प्रस्ताव गर्नु भएको   मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नयाँ नामकरण ‘कान्जिरोवा विश्वविद्यालय (University of Kanjirowa)’ गर्ने  प्रकिया अगाडि बढाउने सम्बन्धी प्रस्तावलाई समेत स्वीकृत गरेको छ | शिक्षक नियुक्तिका आधार, कार्य सम्पादन मुल्यांकन तथा कार्यक्षमता अङ्क विभाजन एवम् सिफारिस प्रक्रिया सम्बन्धी कार्यविधि २०७२ सम्बन्धी प्रस्ताव भने प्राध्यापक संघ संगठनहरूसंगको वार्तामा भएको सहमति अनुसार स्थगित गरिएको छ | मध्यपश्चिमाञ्चल विश्वविद्यालयको हाल कायम रहेको महाविद्यालय (School) लाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन , २०६७ को दफा ५(ज) अनुसार क्याम्पसमा रुपान्तरण गर्ने सम्बन्धी प्रस्ताव,  सबै सङ्काय अन्तर्गत स्नातकोत्तर तहको चौथो सेमेस्टरमा नेपाल परिचय (Introduction to Nepal) विषय पठनपाठन गर्न कोर्ष प्रस्तावित गर्ने सम्बन्धी प्रस्ताव , वीस वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी प्रस्ताव  आदि  प्रस्तावहरूलाई पारित गर्दै बैठक सम्पन्न भएको छ | उक्त बैठकमा  प्रा. ई. रामचन्द्र अर्याल  (डीन, इन्जिनियरिङ ), लालमणि आचार्य (डीन, शिक्षा विज्ञान सङ्काय) , आनन्द प्रसाद सुबेदी (नि.डीन, मानविकी तथा सामाजिक शास्त्र सङ्काय ), पदम राज जोशी (नि.डीन, विज्ञान तथा प्रविधि सङ्काय ), प्रा.डा. तुलसी पाठक  (विषय विशेषज्ञ / सदस्य ),  प्रा. ड़ा. डिल्लीराज शर्मा (विषय विशेषज्ञ / सदस्य ), वीर वहादुर पौडेल (प्राज्ञिक निर्देशक / सदस्य), लिलाधर तिवारी ( सदस्य), पूर्णमान श्रेष्ठ (सदस्य) , तेजविक्रम बस्नेत (सदस्य) , जसवीर रोका ( सदस्य) र  डा. मस्त बहादुर गरंजा  ( सदस्य-सचिव) को उपस्थिति रहेको थियो | त्यसैगरी आमन्त्रित सदस्यको रूपमा प्रा. डा. नवराज कणेल (अध्यक्ष, सेवा आयोग), प्रा.डा. श्रीरामप्रसाद उपाध्याय (सदस्य, सेवा आयोग), प्रा. हिरण्य प्रसाद गौतम (निर्देशक, योजना, विकाश तथा  अनुगमन निर्देशनालय ), भिउसिं बुढा (सदस्य, कार्यकारी परिषद्) , ई. अनन्त राज घिमिरे ( सहायक डीन, इन्जिनियरिङ सङ्काय ) ,चन्द्रा भारती (प्रमुख, परीक्षा अभिलेख कार्यालय ) , तारणी प्रसाद यादव (प्राज्ञिक निर्देशक) , लक्ष्मी प्रसाद आचार्य (प्राज्ञिक निर्देशक) , ओपेन्द्र हमाल (प्राज्ञिक निर्देशक ), डा. नारायण पौडेल (कार्यक्रम निर्देशक मुसुम ), गणेश बहादुर कार्की ( सह-प्राध्यापक)          , डा. केशरसिंह राना ( सह-प्राध्यापक), डा. दीप बहादुर रावल ( सह-प्राध्यापक), खोपिराम लम्साल ( सह-प्राध्यापक), प्रकाश शर्मा (कार्यक्रम निर्देशक, एमआईसीडी), यज्ञ प्रसाद उपाध्याय (सदस्य-सचिवालय), यदु प्रसाद ज्ञवाली (सदस्य-सचिवालय), लक्ष्मण सिंह (सदस्य-सचिवालय), विष्णु कुमार खड्का (सदस्य-सचिवालय), खेमराज रावत ( प्रतिनिधि, परिक्षा अभिलेख  कार्यालय ) , पूर्ण बहादुर विसी ( बरिष्ठ अधिकृत) , मोतीलाल गिरी (लेखा अधिकृत ), युद्धमान वस्नेत (मुख्य सहायक), शिवा शाही  ( सहायक ), गोमा सापकोटा (सहायक ) , दिलिप भट्टराई (निजि सचिव, उपकुलपति) लगायतको उपस्थित रहेको थियो |

प्रतिक्रिया