भित्ते पत्रिका तालिम सुरु

भित्ते पत्रिका तालिम सुरु

दैलेख– बाल क्लबका पदाधिकारीहरुका लागि तीन दिने भित्ते पत्रिका प्रकाशन तालिम सुरु भएको छ । सेभ द चिल्डेन, सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा सञ्चालित एकिकृत परियोजनाको आयोजनामा शनिबारदेखि तालिम सुरु भएको हो । आधारभूत पत्रकारिताबारे जानकारी दिने, भित्ते पत्रिका प्रकाशन गर्न सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको परियोजनाका अधिकृत बासुदेव उपाध्यायले जानकारी दिए । तालिममा १० गाविसका गरी ३३ जना बालबालिका छन् । तालिम पश्चात् बाल क्लबका पदाधिकारीले मासिक रुपमा भित्ते पत्रिका प्रकाशन गर्नेछन् । तालिमको सहजीकरण पत्रकारद्धय नमनकुमार शाही र प्रकाश अधिकारीले गरिरहेका छन् ।

प्रतिक्रिया