दैलेख महोत्सव हुँदै

दैलेख महोत्सव हुँदै

महेन्द्र सापकोटा
दैलेख २८ चैत्र–‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ भन्ने मुल नाराका साथ दैलेखमा महोत्सव हुन लागेको छ । वैशाख १७ देखि २६ सम्म संचालन हुने महोत्सव व्यवस्थापनमा आवश्यक पर्ने सबै संरचनाहरु निर्माण भएर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।Dailekh-Bazar
महोत्सवको मुख्य आयोजक दैलेख उद्योग वाणिज्य संघले सहआयोजक र प्रायोजकहरुको टुंगो लगाई सकेको छ भने १ सय १ सदस्यीय महोत्सव मुल समारोह समिति पनि गठन गरि सकेको छ । दैलेखलाई कृषि पर्यटन र व्यापार क्षेत्रमा अगाडि वढाउन र दैलेखको पर्यटकिय क्षेत्रलाई प्रचार प्रसार गरी पर्यटन क्षेत्रमा दैलेखलाई चिनाउनको लागि महोत्सव गर्न लागिएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति प्रशाद शर्माले बताए । ‘पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादनको वजारीकरणलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रशार गर्न महोत्सव गर्न लागिएको हो’ उनले भने, ‘यो महोत्सवमा करिव ३ लाख वरावर दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।’ महोत्सवमा करिव ७० लाख खर्च र आम्दानी करिव १ करोड ६ लाख हुने शर्माको भनाई छ । महोत्सवलाई सफल पार्न आयोजकले यामबहादुर मल्लको संयोजकत्वमा महोत्सव स्ट्रेरिंग समिति गठन गरि १२ वटा विभिन्न उपसमितिहरु मार्फत व्यवस्थापनका कामकार्वाहीहरु अगाडी वढिरहेको दैलेख उद्योग वाणिज्य संघका कोषाध्यक्ष कृष्ण कोइरालाले बताए ।
विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्था, प्रहरी प्रशासन, स्थानीय निकाय र संचार कर्मीहरु सम्मिलित २२ सदस्यीय एक समन्वाय तथा सुझाव समिति गठन गरिएको छ । सो समन्वाय तथा सुझाव समितिले महोत्स सफलताको विश्लेषण गरी विभिन्न सरोकारवालाहरु सँग समन्वायको पाटोे निरन्तर अगाडी वढाइरहेको छ । टेन्ट गेट घेरवार लगाएत साउण्ड सिस्टमहरुका लागि व्यवसायीहरु सँग सम्झौता समेत भैसकेको आयोजकले जनाएको छ । जिल्लाका एफएम रेडियो र छापा पत्रिका मार्फत महोत्सवको पचार प्रासार व्यपक रुपमा भैरहेको छ । महोत्सवका मुख्य आर्कषकहरु स्थानीय उत्पादन र घरेलु निर्माण सामाग्रीहरुको खरिद विक्रि तथा अवलोकन, स्थानीय समाजिक संस्कारमा आधारीत विभिन्न झाँकीहरु प्रदशन र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु हुन । महोत्सव अवधी भर प्यारगलाइडिंग, हेलिकप्टरवाट रारा अवलोकन र पञ्चकोशी क्षेत्रको भ्रमण लगाएतका अवसरहरुको व्यवस्था महोत्स संचालन मुल आयोजक समितिले तय गरेको छ । महोत्सवका उद्घाट वैशाख १७ गते नाराण क्याम्पसमा हुने छ भने संचालन कांडाचौरमा हुने छ ।

प्रतिक्रिया