जन्म दिनमा छात्रवृत्ति

जन्म दिनमा छात्रवृत्ति

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो जन्म दिनको अवसरमा गरिव परिवारका वालवालीकाहरुलाई विद्यालय पोषाक लगाएत शैक्षिक साम्रगी वितरण गरेर जन्म दिन मनाएका छन् ।
HS News (4) HS News (3) HS News (2) HS News (1)सदरमुकाममा रहेको वाल मन्दिर प्राविमा अध्यनरत वालवालिकाहरुलाई थापाले छात्रवृत्ति वितरण गरेर जन्म दिन मनएका हुन् । आफ्नै निवासमा संस्थापक अध्यक्ष थापाले कक्षा ३, ४ र ५ का ५ जना अतिगरिव जेहेन्दार वालवालिकालाई मंगलवार कापी, कलम, ज्यामीती वक्स, झोला र विद्यालय पोषाक वितरण गरेका हुन् । वाल मन्दिर प्राविमा कक्षा ५ मा अध्यनरत संगिता सुनार कक्षा ५ की पार्वती रेग्मी, कक्षा ४ का सागर शाही, कक्षा ४ का अनिल थारु र कक्षा ३ की उर्मिला सुनार छात्रवृति वितरण गरि जन्म दिन मनाएका हुन् । पछिल्लो समय जन्मदिन खर्चिलो रुपमा मनाउने चलन आएपनि आफुले गरिव र जेहेन्दार वालवालीकाहरुलाई सहयोको रुपमा शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएको थापाले बताए ।

प्रतिक्रिया