वाल हिंसा न्युनिकरण अभियानमा स्वयम् वालवालिका

वाल हिंसा न्युनिकरण अभियानमा स्वयम् वालवालिका

वालवालिका विरुद्ध हुने हिंसालाई न्यूनिकरण गर्न स्वयम् वालवालिकाहरु नै अभियानका रुपमा लाग्ने बताएका छन् ।VAC VAC 1
सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल साझेदारीतामा संचालित एकिकृत परियोजनाले चलाएको वाल हिंसा न्यूनिकरण तथा रोकथाम सम्वन्धी एक दिने अभिमुखिकरणमा सहभागी बालबालिकाहरुले यस्तो बताएका हुन् । बालबालिका विरुद्ध घर समाज र स्कुलमा पनि हिंसा हुने गरेका गर्छन्, हिंसाले बालबालिकाहरुको विवेक र क्षमतामा असर पार्दो रहेछ, अभिमुखिकरणमा धेरै कुरा थाहा पायौँ, अब सिकेका कुराको अधारमा बाबालिका माथि हुने हिंसा कम गर्न अभियानकै रुपमा लाग्छौ विसला बाल संजालका अध्यक्ष षडानन्द देवकोटाले भने । बालबालिका भविष्यका कर्णधार हुन सक्ने वातावरण सानै उमेर देखि पाउन आबस्यक रहेछ, अन्धविश्वास र जनचेतनाका कारण समाजमा बालबालिकाहरु माथि हिंसा र दुरव्यवहार कायमै छ, अव घरपरिवार, समाज र विद्यालयमा समेत चेतना पैmलाउछौ अभिमुखिकरणका अर्का सहभागी सेरी बाल संजाल की अध्यक्ष शान्ति शाहीले भनिन् । बालबालिका विरुद्ध हुने हिंसा न्यनिकरण र रोकथामका लागि बालबालिकाहरुको क्षमता विकास गर्न अभिमुखिकरणको आयोजना गरिएको परियोजना अधिकृत नवराज बीसीले बताए । बालअधिकारका आधारभुत सिद्धान्त, बालअधिकार सम्वन्धी अन्तराष्टिय महासन्धी, बाल संरक्षण सम्वन्धी अवधारणा र जोखिम लगाएतका विषयमा प्रशिक्षण पाए पछि सहभागि बालबालिकाहरुमा यस्तो आत्म विश्वास वढेको परियोजना फिल्ड अफिसर बासुदेव उपाध्याएको भनाई छ । अभिमुखिकरणमा लालिकांडा, पिलाडी, सेरी, खड्गवाडा, पादुका, जम्वुकाँध, चामुण्डा, विसाला, राकमकर्णाली र सिगौडी गाविसका बाल संजाल र बाल क्लवहरुवाट ३२ जना अगुवा बालबालिका सहभागी थिए ।

प्रतिक्रिया