बेपत्ता भएको ५ दिनसम्म भेटिएनन तिरुवा, खोजीमा गाँउले सहित प्रहरी सक्रिय

बेपत्ता भएको ५ दिनसम्म भेटिएनन तिरुवा, खोजीमा गाँउले सहित प्रहरी सक्रिय

 शेरबहादुर थापा, मुम्बई, २ बैशाख । मुम्बईबाट नेपाल फर्किएका एकजना व्यक्ति दैलेखबाट बेपत्ता भएका छन् । गत अप्रिल ७ तारीखका दिन मुम्बईबाट नेपाल फर्किएका सिहाँसैन गाविस वार्ड नं ८, दैलेखका धनरुप तिरुवा १० अप्रिलका दिन घर नजिकैको बजार खिडकीज्यूला पुग्नु अगावै बसबाट ओर्लिएपछि बेपत्ता भएका थिए । राकम कर्णाली ८, भेल्तडी नजिकै कर्णाली नदिको किनारमा पर्स, बेल्ट, लुगाफाटा, झोला, मोवाईल र नगद रु ४० लगायतका सामानहरु भेटिएपछि तिरुवा कर्णाली नदिमा हाम्फालेको हुनसक्ने अनुमान गरिएको छ । ‘नदी किनारमा भेटिएको सामानहरुलाई इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखमा राखिएको छ’ –उनका भाई तुलाराम तिरुवाले भने – ‘घर जानु अघि भेटघाटकालागि डोविवली आउनुभएका दाजुले अब म बाँच्दिन भन्नुभएको थियो ।’ उता नेपाल प्रहरी दैलेखका डिएसपी विरबहादुर ओलीले बेपत्ता भएका धनरुप तिरुवाका आफन्तहरुबाट अहिले खोजी तलासीको मात्रै निवेदन आएको बताएका छन् । नेपाल न्यूजसँग कुरा गर्दै डिएसपी ओलीले अहिले व्यापक रुपमा नदि किनारमा खोज्ने क्रम जारी रहेको र लाश फेला पर्ने वित्तिकै अन्य अनुसन्धान गरिने बताए । ५० वर्षिय तिरुवा विगत लामो समयदेखि मुम्बईको मलाड पश्चिम स्थित एब्हरसाइन नगरमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया