सुख्खायामसगै खानीपानीको समस्या धारामा पानीको साटो हावामात्रै आउँछ

सुख्खायामसगै खानीपानीको समस्या धारामा पानीको साटो हावामात्रै आउँछ

गोविन्द केसी
दैलेख, वैशाख ३ – दैलेखबजारमा वितरण हुँदै आएको खानेपानी सुख्खायाम लागेसंगै पानीको अपुर्ती घटेको छ । पानी टंकीमै कम हुँदा बजारमा वितरण भएको धाराहरुमा पानीको सट्टा हावा मात्रै आएर सुक्ने गरेको गुनासो उपभोक्ताहरुले गरेका हुन् । बजारको धरातल नमिलेकाले उकालोमा रहेको बजारमा पानी नआउने गरेको गुनासो पुरानोबजारका स्थानीय विशाल सुनारले गरेका छन् । बत्ती आएका बेला धारामै मोटर जोडेर पानी लग्ने भएकाले पुरानोबजारमा पानी अभाव हुने गरेको स्थानीयहरुले बताएका हुन् ।
नयाँ बजार गहिरो भागमा भएकाले पानी कम भएपनि सहज आउँछ तर, सदरमुकामकै पुरानो बजार उचाईमा भएकाले पानी आपूर्तीमा निकै कठिनाई भएको उपभोक्ताहरुले बताए । २०३२ सालमा स्थापना भएको खानेपानी योजनाबाटै अहिले पनि पानीको माग धान्नु परेकाले कठिनाई भएको दैलेखबजार खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भरत थापाले बताए । त्यसबेला १६ धाराका लागि योजना निर्माण भएको थियो । त्यसबेला १ सय घरजतिको लागि योजना तयार थियो अहिले ५ हजार बढी घरहरुलाई धान्नुपरेको समितिले जनाएको छ । १६ धाराका लागि निर्माण टंकिबाट अहिले ६ सय धाराहरु चलाईएको छ ।
४० वर्ष अघिको योजनाबाट खानेपानी आपुर्ति व्यवस्थापनलाई सहजता ल्याउन नसकिएका कारण खानेपानीको हाहाकार हुने गरेको छ । सुख्खा मौसममा सदरमुकाममा खानेपानीको हाहाकार नहोस् भनेर साना सहरी खानेपानी आयोजना अन्र्तगत नारायण नगर आयोजनाको निर्माण कार्य भैरहेको छ । ठेकेदारको ढिलासुस्तीका कारण नयाँ खानेपानी योजना सुस्त गतिमा भैहरको जनाईएको छ ।

प्रतिक्रिया