वेलासपुर मन्दिरको पुर्ननिर्माण

वेलासपुर मन्दिरको पुर्ननिर्माण

ज्लाला सन्देश समाचारदाता

दैलेखको प्रसिद्ध, धार्मिक एवं पयंटकिए दृष्टिकोणले महत्वपूर्ण वेलासपूर वटुक भैरब मन्दिरको पून निर्माण हुने भएको छ । वेलासपूर वटुक भैरव मन्दिर निर्माण स्थलमा शनिबार एक समारोहका बिच संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले सिशलान्यास गरेकी छिन् ।belaspur belaspur 1
मन्दिरको विधिवत् पूजापाठ गर्दै सलिान्यास गर्नु भएकि राज्यमन्त्री शाहीले वेलासपुर मन्दिर धार्मीक र पर्यटकिय हिसाबले पूननिर्माण गर्न अति आवश्यक भएकाले निर्माण गर्न थालिएको बताईन् । राज्यमन्त्री शाहीले जिल्लाकै एतिहासीक महत्वको मन्दिर भएकाले आफुले संघिय मामिला तथा स्थननिय विकास मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रर्तिवद्धता ब्यक्त गरेकि थिईन् । राज्य मन्त्री शाहीले मन्दिरको नक्शा आफ्नो टेबुलमा पुगिसकेको जानकारी दिंदै सरोकार वाला सबै मनत्रालय संग समन्वय गरि मन्दिर निर्माणमा लाग्ने आवश्यक रकम जुटाउन पहल गर्ने जानकारी दिईन् ।
वेलासपुर मन्दिर दैलेखीको मात्र आस्थाको धरोहर नभई दैलैख आउने सबैको पहिलो गन्तब्य बेलासपूर मन्दिर क्षेत्र हो । बाईसे चौबिसे राज्यकालमा राष्कोटी शाही राजाहरुले राज्य संचालन् गरेको यो क्षत्र पूरातात्विक र धार्मिक रुपले निकै महत्वपूण मानिन्छ । बढा दशैको नव रात्रीमा ठुलो मेला लाग्ने यस मन्दिरमा विक्षेश गरि अष्टमि र नवमिमा ठुलो मेला लाग्ने , वटुक भैरवका बहानहरुलाई वली चढाउने प्रर्था रहेको छ ।
वेलासपूर मन्दिरको लागत स्टिमेट र नक्सा जिल्ला विकास समिति दैलेखले बनाई सबन्धित निकाएका पठाएको वेलासपूर मन्दिर क्षेत्र संरक्षण, प्रर्वद्धन तथा ब्यबस्थापन समितिका अध्यक्ष भूपेन्द्र शाहीले जानकारी दिए । हाल जिल्ला विकास समिति दैलेखले ८ लाख र पर्यटन कार्यालय कोहोलपूर बाँकेले ८ लाख रकम विनियोजन गरेका छ । तर जिल्ला विकास समिति दैलेखले मन्दिरको लागत भने ३१ लाख ७५ हजार गरेको छ ।
स्थानीय समुदायका परोपकारी, धर्मात्माहरुले यस मन्दिर निर्माणका लागि चन्दा सहयोग गर्ने र मन्दर निमाणमा सहयोग पूग्ने विश्वास रहेको वेलासपूर मन्दिर क्षेत्र संरक्षण, प्रर्वद्धन तथा ब्यबस्थापन समितिका अध्यक्ष शाहीले वताए । मन्दर आउदो दशै सम्म निर्माण भैसक्ने ब्यवस्थपन समिति र जिल्ला विकास समितीले जानकारी दिएको छ ।

प्रतिक्रिया