आफैले बनाएको घरको विश्वास छैन ः प्रजिअ क्षेत्री

आफैले बनाएको घरको विश्वास छैन ः प्रजिअ क्षेत्री

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले आफैले वनाएका भवन तथा घरको विश्वास नभएको बताएका छन् । भूकम्प स्मृति दिवस २०७३ को अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा भएको स्मृति दिवसको कार्यक्रममा प्रजिअ क्षेत्रीले यस्तो बताएका हुन् ।Bhukampa (4) Bhukampa (3) Bhukampa (2) Bhukampa (1)
उनले प्राकृतिक प्रकोपको कहिल्यै पनि भर नहुने भएकाले यस प्रति समयमै सचेत भई भूकम्प प्रतिरोधात्मक भवनहरु निर्माणमा सवै लाग्न जरुरी भएको वताएको बताए । ‘भूकम्प प्रतिरोधात्मक भवनहरु निर्माणमा सम्वन्धित सवैको ध्यान जान जरुरी छ’ क्षेत्रीले भने, ‘आफैले बनाएका भवनको विश्वास छैन्, त्यसैले सवैले सुरक्षित आवसको भवन निर्माण गरौं र नजिकका छिमेकीलाई समेत सुरक्षित घरको निर्माण गर्न सल्लाह दिऔं ।’
आफैले बनाएका संरचनाहरुले मानविय रुपमा ठुलो क्षती वेहोर्नु परेकाले सरकारी भवन देखी आफ्ना घर निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक वनाउनु पर्ने प्रजिअ क्षेत्रीको सुझाव थियो । वैशाख १२ गते र २९ गते नेपालमा गएको शक्तिशाली भूकम्पमा दिवंगत भएकाहरूको सम्झनामा गर्दै प्रजिअ क्षेत्रीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ०७२ वैशाख १२ को विनासकारी भूकम्पवाट ज्यान गुमाएकी दैलेखकी कल्पना थापाको फोटोमा माल्याणपर्ण गरिएको थियो ।
ठीक एक वर्षअघि बिहान ११ बजेर ५६ मिनेटमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा नेपालमा करिब साढे आठ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो । शक्तिशाली भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गते पनि बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नुवाकोटको साल्मे गाउँ नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले तिब्बतको केही भाग र नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा सामान्य धक्का महससुस भएको थियो ।

प्रतिक्रिया