७ सय ६२ उजुरीको अनुसन्धान

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३     ::: 259 पटक पढिएको   |  

गोविन्द केसी
दैलेख, वैशाख १४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यपश्चिम क्षेत्रिय कार्यालय सुर्खेतले विभिन्न जिल्लाबाट आएका उजुरीहरुमध्ये ७ सय ६३ उजुरीको अनुसन्धान विस्तृत रुपमा पुरा भएको जनाईएको छ । आयोगका क्षेत्रिय प्रमुख सिताराम कार्कीले दैलेखमा भएको पत्रकार भेटघाटमा ७ सय ६३ उजुरीको अनुन्धान पुरा भएको बताएका हुन् ।
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षभित्र दर्ता हुन आएका १७ सय ६३ उजुरी मध्ये ७ सय ६३ उजुरी विस्तृत अनुसन्धान सकिएको उनले बताए । उजुरी टेलिफोन, पत्रपत्रिका र लिखित रुपमा लिने गरेको अख्तियार क्षेत्रिय प्रमुख कार्कीको भनाई थियो । धेरैजसो उजुरी ब्यक्तिगत रिसिवीले हाल्ने गरेको पाईएकाले उजुरी आएपछि प्रारम्भिक अनुसन्धानमै टुंगाईने गरिएको आयोगले कार्यक्रममै जानकारी दियो । अहिलेसम्म आयोगको सुर्खेत कार्यालयले विशेष अदालतमा २० मुद्दा दायर गरेको छ । ५२ जना ब्यक्तिलाई प्रतिवादी बनाईएको समेत कार्यक्रममा जानकारी दिईयो । उनीहरुबाट ३ करोड २९ लाख १६ हजार ४ सय ४३ रुपैँया विगो असुल दावी गरिएको छ । क्षेत्रिय कार्यालयले स्थापना कालदेखी अहिलेसम्म १९ जना सरकारी कर्मचारीलाई पैसा लिदालिदै पक्राउ गरेको छ । आयोगले अनुसन्धानको सिलसिलामा ५९ लाख ३ सय ९९ रुपैँया असुल गरेको छ । पहिलो पटक भएकाले अकुत रकम कमाएको पाईएमा पैसा असुल गरी विभागिय कार्वाही र सचेत गराउने गरेको अख्तियारको क्षेत्रिय कार्यालयका प्रमुख कार्कीले बताए ।
आफ्नो क्षेत्रअधिकारभित्र नपरेका ७ वटा मुद्दा सम्वन्धित मन्त्रालयमै पठाएको समेत जानकारी दिईयो । आयोगका अनुसार सवैभन्दा बढी बाँकेबाट १ सय ६५ उजुरी आएको र सवैभन्दा कम प्यूठानबाट ७ वटा उजुरी आएको आयोगको क्षेत्रिय कार्यालयले जानकारी दियो । उजुरी शिक्षा र स्थानीय निकायसंग सम्वन्धीत बढी आउने गरेको आयोगका क्षेत्रिय कार्यालयका डिएसपी गोविन्द पुरीले बताए । शिक्षामा ३ सय ६५ र स्थानीय निकायमा २ सय २८ उजुरी आएको डिएसपी पुरीले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*