जिल्ला स्तरिय मानव अधिकार पैरवी संजाल गठन

जिल्ला स्तरिय मानव अधिकार पैरवी संजाल गठन

ज्वाला सन्देश सम्वाददाता
दैलेख, मानव अधिकार न्याय रुपान्तरणका लागि जिल्ला स्तरिय मानव अधिकार पैरवी संजाल गठन भएको छ । HR  Sanjal (2) HR  Sanjal (1) HR  Sanjal (3)
नेपाल राष्ट्यि दलित समाज कल्याण संघ दैलेखको आयोजनामा भएको जिल्लाका मानव अधिकार कर्मी र अन्य अधिकारका क्षेत्रमा काम गर्ने सामाजिक अधिकारकर्मीहरुको भेलाका सहभागीहरु वाट खड्गबहादुर सिजापतीको संयोजकमा १५ सदस्यीय जिल्ला स्तरिय मानवअधिकार पैरवी संजाल गठन भएको हो । संजालमा दिल कुमारी चन्द, रत्न शाही, हीरासिंह थापा, मातृका प्रसाद खनाल, नमनकुमार शाही, महारुप खत्री, पदम सुनार, जिज्ञाशा दाहाल, पशुपति सुनार, पृथ बयलकोटी, जिल्ला बार इकाई, महिला तथा बालबालिका कार्यालय बाल अधिकृत सदस्य रुपमा चयन भएका छन् भने एनएनडिएसडव्ल्यूका अध्यक्ष रेशम विश्वकर्मा संजाल सदस्य सचिवका रुपमा चयन भए । जिल्ला स्तरिय मानवअधिकार पैरवी संजालले जिल्लाका मानव अधिकार सम्वन्धी हनन्का घटनाहरुमा पैरवी गरी पिडीतलाई न्याए दिने काममा निरन्तर सहयोग गर्ने अध्यक्ष सिजापतिले बताए ।
यसै गरि सदस्य हीरासिंह थापाले अहिले दैलेख जिल्लामा वाल विवाह भई वाल अधिकारको हनन् भईरहेको र भविष्यमा वाल विवाहका कारण महिलाहरु हिंसा पिडित हुनु पर्ने अवस्था आउने भएकोले यस संजालले वाल विवाह विरुद्धको पैरवी अभियान संचालन गर्नु पर्ने वताए ।

प्रतिक्रिया