दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो ।–कविराज खत्री

दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो ।–कविराज खत्री

kavirajउघोग वाणिज्य संघ दैलेखका वाणिज्य तर्फका उपाध्यक्ष श्री कविराज (झवी) संग ज्वाला सन्देश संगको एक छलफलमा भन्नु भय, दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो ।

प्रश्नः – तपाँईको परिचय दिनुहोस न ?
म कविराज खत्री । दैलेख उद्योग वाणिज्य संघ,दैलेखको उद्योग उपाध्यक्ष तथा दैलेख महोत्सव २०७३ को प्रचार–प्रसार समिति र कृषि तथा लघु उद्यम ब्यवस्थापन समितिको संयोजक ।
प्रश्नः दैलेख महोत्सव हुँदै रहेछ । यसको मूख्य उद्देश्य के हो ? बताईदिनुहोस न ।
महोत्सवको मुल उद्धेश्य भनेको त्यो क्षेत्रको परिचय क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय जगत सम्म दिनु हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्नु हो । तथापी यसको मुल उद्धेश्य दैलेख सदरमुकाममा कृषि उपज संकलन केन्द्र स्थापना गरी दैलेखका कृषक उद्यमीले उत्पादन गरेका कृषि उपज अन्तराष्ट्रिय स्तर सम्म निर्यात गर्नका लागि, दैलेख जिल्ला पर्यटकीय क्षेत्रका हिसावले धनी जिल्ला हो । त्यसैले अन्तराष्ट्रिय पर्यटन गन्तव्य स्थान दैलेख बनाउन, सदरमुकाममा सिसि क्यामेरा जडान गर्न, संघको भवन निर्माण गर्न, शव वाहन खरिद गर्न, कृषक, उद्यमी र व्यापारीहरुको व्यापार व्यावसाय प्रवद्र्धन गर्नका लागि महोत्सव हुन लागेको हो । यो दैलेख महोत्सव मात्र नभई मध्य पश्चिम क्षेत्रिय औधोगिक, पर्यटन, कृषि तथा व्यापार मेला पनि हो ।दैलेख उद्योग वाणिज्य संघ, दैलेखले पंचवर्षिय रणनितिक योजना तय गरेको छ । समुन्नत, आत्मनिर्भ र अन्तराष्ट्रिय पर्यटनको मुख्य गन्तव्य स्थान आदि बनाउनका लागि “सम्वृद्ध दैलेखका मुल आधार उद्यम, कृषि, पर्यटन र व्यापार”भन्ने दीर्घकालीन नारा सफल बनाउन यो महोत्सवको अन्तिम तयारी भईरहेको छ ।
प्रश्नः –तयारी कस्तो भईरहेको छ ?
तयारी तिव्र गतिमा अघि बढि रहेको छ । मंच, स्टल, गेट आदिको तयारी लगभग पुरा हुनुका साथै सुरक्षा ब्यवस्था, उचित रुपमा पानी, विद्युतको ब्यवस्था, वाल उद्यमको ब्यवस्था, टोलि विभाजन गरी कामको अलग– अलग जिम्मेवारी बाँडफाँड आदि कार्यहरु भईरहेकाछन । यसै गरी जिल्लाका लघु उद्यमीहरु र किसानहरुले उत्पादन गरेका वस्तुहरु प्रशर्दनी गर्ने, स्थानीइ कला सँस्कृतिको रक्षा र संरक्षण गर्नका लागि झाँकी आदिको तयारी गरिएको छ भने प्रमूख अतिथिका रुपमा सम्माननीय उपराष्ट्रपती आउँदैहुनुहुन्छ भने राष्ट्रिय तथा क्षेत्रीय स्तरका नाम चलेका कलाकारहरु पनि आउने निश्चित भएको छ । यी लगायत करिब ९० प्रतिसत काम पुरा भईसकेको छ ।

प्रश्नः तपाँई उद्योग उपाध्य भएको नाताले यो महोत्सवमा उद्यम सम्बन्धी नयाँ के चिजले दैलेख चिनाउने प्रयास गर्दैहुनुहुन्छ ?
गफले मात्र समाज परिर्वतन हुन सक्दैन । समाज परिर्वतन र आत्मनिर्भर तथा समुन्नत बनाउनका लागि उद्यम आवश्यक छ । म मेरो पदिय हैसियतका हिसावले आफै पनि उद्यमी हुँ । दैलेख जिल्लाका करिव ५ हजार उद्यमी र कृषकहरुसित प्रत्यक्ष संलग्ना जोडेर काम गरेको छु । यस अर्थमा दैलेख महोत्सवमा अवलोकन गर्ने दर्शकहरुले निश्चित रुपमा भिन्न प्रकारका वस्तुहरु देख्नुहुने छ । दैलेखको खेर गईरहेका कच्चा पदार्थहरु प्रसोधन गरी युरोपसम्म पुगेको अल्लो, खाडिमूलुक र युरोपका पाँचतारे होटलमा पाक्ने सिस्नो, जापानी ऐन अर्थात रुपियाँ छापिने हाते कागज मूख्य आकर्षण हुनेछन भने यसको अलावा ढाका कपडा, अगरवत्ती, मम वत्ती, दुना टपरी, वेलजुस, दालमोठ, राडीपाखी, सावरका जुत्ता आदि वस्तुहरु प्रर्दशन गरिने छ । करिव १ करोडभन्दा बढिका स्थानीय उत्पादनहरु प्रशर्दनी स्टलमा राखिने छ । यो देखेर स्वयं दैलेखी दर्शकहरुले पनि यस जिल्लामा यति धेरै उत्पादन हुँदोरहेछ भन्ने अनुभूती गर्नुहुने छ ।
प्रश्नः महोत्सवमा देखाउनका लागि मात्र त होला नी ती उत्पादनहरु जेनतेन बनाएको ?
विल्कुलै त्यसो होइन । म जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको अध्यक्ष पनि हँु । उद्यमीहरुको अध्यक्ष भएको नाताले मैले दैलेखमा २ वटा औद्योगिक ग्राम र १ वटा औद्योगिक क्षेत्र स्थापनाका लागि संस्थागत प्रयास गरेको छु । उद्योग उपाध्यक्ष र जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको अध्यक्ष भएको नाताले हाम्रो संजालमा जोडिएका करिब ३ हजार उद्यमी र ११ वटा उद्योग वाणिज्य संघ, दैलेखका कृषि उप समितिहरुछन । उहाँहरुको साथ र सर्मथनमा स्थानीय स्तरमा खेर गईरहेका कच्चा पदार्थहरु प्रसोधन गरी अन्तराष्ट्रिय बजारसम्म ती उत्पादित वस्तुहरु बजारीकरण गर्नका लागि नितान्त रातदिन लागि परेको छु । नीतिगत रुपमा औद्योगिक क्षेत्रको स्थापना, आवाजका रुपमा स्थानीय निकायको बजेट लघु उद्यम र कृषि क्षेत्रमा खर्च गर्न र सस्थागत रुपमा जिल्लालाई आत्मनिर्भर र स्वरोजगारयुक्त बनाउन जिउँदो अभियान नै चलाएको छु । जसको नेतृत्व मैले नै गरेको छु । म दावाका साथ भन्छु की अवको तीन चार वर्ष पछि दैलेखमा औद्योगिक क्षेत्र स्थापना गर्ने हामी उद्यमीहरुको चाहाना पुरा हुनेछ । यदि कसैले यस विषयमा अवरोध श्रृजना गर्दछ भने हामी संस्थागत रुपमा आन्दोलित हुने छौं । हाम्रो आवाजको तागतका बलमा यो कार्य पुरा भएरै छाडने छ ।
प्रश्नः महोत्सवका अरुहरुको साथ कस्तो रहेको छ ?
सबैको निकै साथ रहेको छ । राजनीतिक दल, सरकारी कार्यालयहरु, गैह्रसरकारी कार्यालयहरु, दार्त निकायहरु, साना तथा ठूला ब्यापारीहरु, उद्यमी, कृषक, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्यापारीहरु,पत्रकारहरु, प्रध्यापक, शिक्षक,विद्यार्थी र आम नागरिकको पूर्ण सहयोग रहेको छ ।

प्रश्नः –महोत्सवलाई कसरी प्रभावकारी बनाउने योजना रहेको छ ?
महोत्सवलाई आर्कषण र प्रभावकारी, जन भावना अनुरुप बनाउन अधिकतम प्रयासमा छौ, जसका लागी उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्दशनी र सुपथ मुल्यमा खरिद बिक्री तथा पुरस्कार, कृषकहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्दशनी पुरस्कार, मासु महोत्सव, पंचकोशी तिथी स्थल भ्रमण, हेलिकप्टरबाट रारा भ्रमण, प्यारा ग्लाइडिङ, उडान, रमाइलो मेला आदि रहेका छन् ।भने दैलेखका पुराना र लोपउन्मूख दर्जनौं कला सस्कृतिको झाँकी र महोत्सव अवधीभर प्रदर्शन गरिने छ ।

महोत्सवको भूमीका के हो दैलेखका लागि ?
महोत्सव हरेक विकासको जग र मूल आधार हो । मानिसले संसारलाई मुटठीमा लिएको यो युगमा पहिलो कुरा जिल्लाको सम्पदा, वस्तु, रीतिरिवाज, साँस्कृतिक आदिको प्रचार भयो भने अनि विकासको ढोका खुल्ने हो । तसर्थ महोत्सव सबै थोक होइन । हामीले महोत्सवलाई साधन मानेका छौ । साध्य होइन । तर जिल्लालाई चिनाउने र आत्मवल बढाउने तथा सकारात्मक सोच र ब्यवशाियक सोचमा बदल्न महोत्सवको ठूलो भूमीका हुने गर्दछ ।

प्रश्नः–महोत्सव पछिका योजना के नी ?
वास्तमा यो निकै महत्वपूर्ण विषयको उठान गर्नुभयो । दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्वीक, प्राकृतिक दृष्टिकोणले नेपालकै तेस्रो धनी जिल्ला हो । नेपाली भाषाको पहिलो शिला लेख, निरन्तर पानीमा आगो बल्ने ज्वाला यस जिल्लामा छ । २८ भन्दा बढि जातजातीको उद्गम स्थल पनि हो दैलेख । यसको संरक्षण र प्रवद्र्धन गर्नका लागि वित्तचित्र निर्माण गरी प्रचार गर्ने , फोटो प्रदर्शनी गर्ने, पंचकोषी एकीकृत विकास कोष खोल्न नेपाल सरकारसित अनुरोध गर्ने, होम स्टे संचालन गर्ने, साँस्कृतिक महोत्सवहरु आयोजना गर्ने, संग्राहलय स्थापना गर्ने आदि जस्ता अल्पकालीन,मध्यकाली र दीर्घकालीन योजना रहेकाछन ।
प्रश्नः महोत्सवले दैलेखलाई के दिनेछ ?
यसको अलवा दैलेखलाई विद्युत हवको जिल्ला बनाउने, अन्तराष्ट्रिय स्तरको पर्यटन गन्तब्ययुक्त जिल्ला बनाउने, मध्यपहाडि र कर्णाली राजमार्ग यसै जिल्लाबाट गएका कारण र राकममा मेगासिटी बन्ने भएका कारण प्रादेशिक ब्यापारि केन्द्र बनाउने र जिल्लामा दुईवटा औद्योगिक ग्राम, एउटा औद्योगिक क्षेत्र स्थपना गर्ने मूख्य योजना रहेकाछन ।

प्रश्नः–महोत्सव अवधिभर कतिको कारोवारो हुने अनुमान गर्नु भएको छ ? विशषेगरी स्थानीय स्तरको कारोवारो ?
हामीले महोत्सव अवधिभर करिब ५ करोडभन्दा माथिको कारोवारो हुने आँकलन गरेका छौ । दैलेख जिल्लाका उत्पादित वस्तुहरुको मात्र करिब २ करोड बराबरको कारोबारो हुने अनुमान गरिएको छ । दैलेखका लघु, घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु जस्तै बेलजुस, अगरवत्ती, ममवत्ती, हातेकागज, दाममोठ, ढाका,अल्लोका कपडाहरु, बाँसमुढा, खुकुरी खँुडा, सावरका जुत्ता आदि रहनेछन । भने दैलेखका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनीका साथै सुलभ दरमा खरिद विक्री गर्ने योजना हामीहरुले बनाएका छौं । यसका साथै मध्यपश्चिमका सबै जिल्लाका उद्यमीहरुले यो महोत्सवमा आ–आफ्ना उत्पादनहरु स्टलमा राख्नुहुनेछ । यस हिसावले यो महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुहरु नै महोत्सवका मूख्य आकर्षण हामीहरुले बनाउँदैछौ ।
प्रश्नः अन्त्यमा थप केही भए ?
सर्व प्रथम त तपाँईहरुको अनलाई पत्रिका मार्फत दैलेख महोत्सव २०७३ को तयारी सम्बन्धी अन्तर्रवार्ता लिई महत्वपूर्ण भनाई राख्ने अवसर दिनुभयो यसका लागि धन्यवाद । दैलेख महोत्सव साँच्चिकै इतिहासको कालखण्डमा निकै उपलब्धिपूर्ण, आकर्षण र जनभावना अनुरुप बनाउन लागेका छौं । यो महोत्सव सफल पार्न मध्यपश्चिम वासीहरुलाई अवलोकन गर्न चुले निम्तो दिन चाहान्छु । यसका साथै नीजि क्षेत्रका म सम्पूर्ण मित्रहरुलाई आवश्यक सहयोगका साथै अवलोकन गर्न आमन्त्रण गर्दछु । सबै तह र तप्काबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
–धन्यवाद ।

प्रतिक्रिया