अपांगता सम्वन्धी अभिमुखिकरण र अधिवाचन दुल्लुमा

अपांगता सम्वन्धी अभिमुखिकरण र अधिवाचन दुल्लुमा

अपांगता सम्वन्धी अभिमुखिकरण र अधिवाचन कार्यक्रम दुल्लुमा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय मार्फत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा पञ्चकोशी अपांग विकास मञ्च, दैलेखले कार्यक्रको आयोजना गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा नगरका राजनीतिक दल, सबै वडा नागरिक मञ्चाका संयोजक, सामाजिक परिचालक, नगरपालिका कार्यालयका कर्मचारी र वडा सचिव गरिी जम्मा ५८ जनाको सहभागित रहेको थियो भने अधिवाचनमा सीबीआर नगर समन्वाय समिति र सबै वडा अपांगता संजाल समितिका अगुवा गरि जम्मा ३९ जनाको सहभागिता थियो । बैशाख ११ र १२ गते सम्पन्न ति कार्यक्रमले अपांगताका योजना निर्माण र पैरवी गर्न सहज भएको दुल्लु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तुल्सी प्रशाद उपाध्यायले बताए । कार्यक्रममा अपांगताको विद्यमान सामाजिक अवस्था, तथ्यांक, सामाजिक दृष्टिकोण, अपांगता हुने कारण, रोकथाम र पुनस्र्थापन, परिभाषा, प्रकार, वर्गिकरण, योजना निर्माण, सरोकारवाला निकाय र समुदायको जिम्वेवारी, राज्य प्रदत्तत सेवा सुविधा र परिचय पत्र पाउने प्रकृया लगाएतका विषय वस्तुमा सहभागीहरलाई सहजीकरण गरिएको थियो । यस्तो खालका कुरा कहिल्यै कसैले सिकाएको र भनेको पनि थिएन, आज साच्चै अपांगता भनेको केहो, यसलाई कसले कसरी सहयोग गर्नु पर्छ, अधिकार के छ भन्ने विषयमा थाहा पाइयो अव हामी एक भएर अपांगताका अवाज उठाउँछौ दुल्लु नगरपालिका ४ की मिट्ठु कार्कीले बताइन । अपांगता शरिरको अवस्था र विविधता मात्रै रहेछ सामाजिक, भौतिक, संचार, वातावरणको अवरोधले मात्रै हामी अपांग रहेछौ दुल्लु नगरपालिकाका वडा नं ९ का अर्का कार्यक्रम सहभागी दृष्टिवीहिन वलबहादुर नेपालीले बताए । कार्यक्रमका विषयवस्तुहरुको सहजिकरण संस्थाका अध्यक्ष रत्न शाहीले गरेका थिए ।

प्रतिक्रिया