दुल्लुको जल उपयोग गूरु योजना निर्माण

दुल्लुको जल उपयोग गूरु योजना निर्माण

दुल्लु नगरपलिकाको पाँच वर्षे जल उपयोग गुरु योजना निर्माण भएको छ । दुल्लु नगरपालिका र जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टर कोअप्रेशनको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सासेक) को सहजीकरणमा दुल्लु नगर पालिकाको जलउपयोग गुरुयोजना तयारी भएको हो । WUMP WUMP (4) WUMP (3) WUMP (1)
जल उपयोग गुरु योजनामा परेका योजनाहरु हरेक आर्थिक वर्षमा निर्माण हुँदै जाने दुल्लु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तुलसी प्रसाद उपाध्यायले बताए । पहुँचवालाहरुका मात्र योजना छनौटमा पर्छन भन्ने जनगुनासो हटेको छ, सवै वडाको जनसहभागितामा यो गूरु योजना तयार भएर योजनाहरु छनौटमा परेका छन्, छनौट भएका योजनालाई मात्रै हरेक वर्ष कार्यान्वायन गर्दै जाने हो अधिकृत उपाध्ययले भने । झ्याल बाट छिर्ने योजनाको अन्त्य यो गूरु योजनाले गर्दिएको जिल्ला खानेपानी, सरसफाई डिभिजन कार्यालयका इन्जिनियर राजिव रिमालले बताए । खानेपानी, वातावरण सरसफाइ, सिचाइ र उर्जा लगाएतका योजनाहरु उपयूक्त वस्ति र समुदायले पाउने गरि यो गूरु योजनामा समेटिएको छ, गूरु योजनामा परेको योजना मात्रै आगामी ५ वर्ष सम्म कार्यान्वायन हुँदै जाने सासेका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । नगर जल उपयोग गूरु योजनामा नगरका सबै वडा र टोलमा खानेपानी १८७, बातावरण र सरसफाईका १६२, सिचाइका १८६, जलउर्जाका अन्य २४ गरि ५५९ योजनाहरु परेका छन् । गुरुयोजना प्राथमिकीकरण सुचक लगाएतका अन्य प्राविधिक सहयो कन्सलटेनका तर्फवाट धनबहादुर शाहीले गरेका थिए ।

प्रतिक्रिया