श्रीमानले आगो लगाई दिए पछि श्रीमति गम्भिर घाईते

श्रीमानले आगो लगाई दिए पछि श्रीमति गम्भिर घाईते

ज्वाला सन्देश सम्वाददाता
दैलेख, वैशाख १५ गते, श्रीमानले शरिरमा आगो लगाई दिए पछि श्रीमति गम्भिर घाईते भएकी छन् । नारायण नगरपालिका वडा नं. १ कुईकानाका राजु नेपालीले आफ्नी २२ वर्षिया श्रीमति अनिषा नेपालीलाई शरिरमा मट्टितेल खनाएर आगो लगाएका थिए ।घरमा रोईकराई गरेको सुनेपछि छिमेकीले उद्धार गरि घाईतेलाई जिल्ला अस्पताल दैलेखमा लगिएको थियो । जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसक्ने भएपछि निजलाई भेरी अंचल अस्पताल नेपालगंजमा रिफर गरिएको डा. निर्मल रसाईलीले वताए । आगो लगाउने श्रीमान राजु नेपालीलाई प्रहरी नियन्त्रणमा लिईसकेको प्रहरी नायव उपरिक्षक वीर वहादुर वलीले जानकारी दिएकाछन् ।
उपचार खर्च नभई अलपत्र परेका अनिषा नेपालीलाई जिल्ला अस्पताल दैलेखले रु. चार हजार र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले रु दश हजार सहयोग गरेपछि निजलाई नेपालगंज पुर्याउन सहयोग पुगेको जगत कोईरालाले ज्वाला सन्देशलाई वताउनु भयो । जंगा जमिन नभई जंगलमा वसीरहेका अति गरिव अनिषालाई उपचार गर्न समस्या रहेको कोईरालाले वताउनु भयो ।

प्रतिक्रिया