वद्रीले रुवाए, पशुपतिले नचाए’

वद्रीले रुवाए, पशुपतिले नचाए’

महेन्द्र सापकोटा

दैलेख २२ वैशाख– दैलेख सदरमुकामको काडाँचौरमा जारी दैलेख महोत्सवमा आ–आफ्नो प्रश्तुतीमा दैलेखीलाई कसैले रुवाउने त कसैले नचाउने गरेका छन् । महोत्सवको तेस्रो दिन आइतवार वद्री पंगेनीले आमा विदा पाउँदिन, अहिलेको सालमा आमा घरमा आउँदिन’ वोलको गीतले रुवाएका दर्शकलाई महोत्सवको छैटौं दिन पशुपति शर्माले भने छमछम्ती नचाएका छन् । Mahossabलोकतथा दोहोरीगीतका गायक पशुपति शर्माले आफ्नो प्रश्तुतीमा नेता कलकार देखि दर्शकहरुलाई छमछम्ती नचाएका हुन् । ‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ महोत्सवमा ‘मलाई जापान पनि यहि सिंगापुर पनि यहि कोरिया नै यही भैंसी पाल्छु दुई गिलास दुध खान्छु’ गीत मार्फत दर्शकलाई छमछम्ती नचाएका हुन् । काँडाचौरमा जारी महोत्सवमा खचाखच मान्छेको भीडले शर्माको गीतमा वान्स मोर र तालले निरन्तर साथ पाइरहेको थियो । रेडियो र टेलिभिजनमा देखेका गायकलाई आफ्नै आँगनमा पाउँदा दैलेखवासीहरु खुसी देखिएका थिए । ‘सुन्दा उरेन्ठेउला लाग्ने भए पनि भावमा चोटियो ब्यङ्ग र शन्देशमुलक भेटिने गरेकाले उनको गीत मनपर्ने दैलेख जाहारकोटका भुवन केसीले बताए । तन्नेरी देखि पुराना पुस्तालाई मन पर्ने दोहोरी गीतमा सबै खाले दर्शक उत्तिकै रमाएका थिए । गाएक शर्माले तीजका गीत देखि चर्चीत गीत सम्म गाउँन भ्याए । क्याम्पस पढ्न जाने युवा युवतीको लागि ब्यङ्ग जस्तो देखिने ‘क्याम्पस पढ्न जाने सरले उता पढाउने हाम्ले आँखाँ जुधाउने’ गीतमा युवायुवती कम्मर भाँच्दै नाँचेका थिए । फरक शैलीका गीत गाएर चर्चित बनेका गायक पशुपति शर्माले मलाई अमेरिका यहीं, मलाई जापान पनि यहीं‘भनेर गीत गाउँदा निकै तारिफ भएको थियो लोकगायक पशुपति शर्माको । लोकगीत क्षेत्रमा बाजी मार्दै आएका पशुपति शर्मा स्वर, शब्द र संगीतमा पनि धेरै अगाडि छन् । चटपटे र पानीपुरी ब्यापारको, रोधीमा मै आउने थिन,, अमेरीका यही मलाई जापान पनि यही, क्याम्पस पढ्न आउने, झुम्के वुलाकीले आउने बनायो, जे गर्न नी गाह्रो, कार किनेर ल्याउ जस्ता गीतहरुवाट दर्शकलाई नचाएका थिए । केहि समय एक्लै मनोरञ्जन दिएका शर्माले गाएक कोमल वलीलाई समेत मंञ्चमा वोलाएर दोहोरी समेत गाएका थिए । कोमल र पशुपतिले दोहोरीमै नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार विसी र नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्मालाई समेत गितका टुक्का हानेर नचाउन समेत भ्याए । महोत्सवको छैटौें दिन पशुपति शर्मा, कोमल वली, रेश्मा पुन, निरुता शाही, रुविना अधिकारी, गोपाल नेपा जिएम, कृष्ण समिप सुवेदी, सुनिल रेग्मी र रितु कँडेलले दर्शकहरुमाझ आफ्ना जोडदार प्रश्तुतीहरु राखेका थिए । साथै विभिन्न जातजातिको झाँकी सहितको नृत्य पनि देखाइएको थियो ।

प्रतिक्रिया