प्रथम प्रेस स्वतन्त्रता दिवश मनाइयो

प्रथम प्रेस स्वतन्त्रता दिवश मनाइयो

प्रथम प्रेस स्वतन्त्रता दिवश विविध कार्यक्रमका साथ सदरमुकाममा मनाइएको छ । बैसाख २३, २४ र २५ गते तिन दिन प्रेस स्वतन्त्रता दिवश मनाउने नेपाल सरकार सुचना तथा संचार मन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ल अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा गठन भएको मुल समारोह समिति गठन भएको छ । Presh swatantrataउक्त समितिको आयोजनामा दिवश मनाइएको हो । बीहिवार जिल्ला स्थित सरकारी निकाय, गैरसरकारी संघ संस्था, राजनीतिक दल र विभिन्न संचार माध्याममा कार्यरत संचारकर्मीहरु प्रभातफेरीमा सहभागि थिए । सो ¥यालीले सदरमुकाम दैलेख बजार परीक्रमा गरी देबकोटा चोकमा कोण सभा गरेको थियो ।कोणसभामा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सम्बोधन गदै समाज परीवर्तनका लागि ,आर्थिक रुपान्तरण गर्न एतिहासिक तथा पुरातात्विक स्थलहरुको खोजविन गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने वताए । राजनीतिक दलका तर्फवाट नेपाली कांग्रेसका जिल्ला सचिव भुपेन्द्र शाही, रेडियो नेपालकी समाचार सम्पादक तथा समाचार वाचिका कोमल वली र पत्रकार महासंघका पुर्व सभापति विष्णु शर्माले दिवशको अवसरमा सुभकामना दिएका थिए । मुल समारोह समितिले बैशाख २४ गते विभिन्न संचार माध्याममा प्रेस स्वतन्त्रता सम्वन्धी लेख रचनाहरु प्रकासन प्रसारण गरेर दिवश मनाउने जनाएको छ । त्यसै गरि २५ गते जिल्ल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने प्रेस स्वतन्त्रता दिवश मुल समारोह समितिका सचिव एवम् जिविस सुचना अधिकृत शमशेरबहादुर शाहीले जानकारी दिए । अव देखि हरेक वर्ष बैशाख २३ लाई राष्टिय प्रेस स्वतन्त्रता दिवश मनाउनु पर्ने छ

प्रतिक्रिया