दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु

दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु

चेतन कुमार विष्ट
दैलेखमा पेट्रोलीयम पदार्थ उत्खननको लागी अध्ययन कार्य सुरु भएको छ । मित्र राष्ट्र चिनको सहयोगमा उधोग मन्त्री सोम प्रसाद पाण्डे सहीत चिनिय टोलीले आज बाट अध्ययन सुरु गर्ने भएको छ । Petroliyam Petrolium 1दैलेख जिल्लाको रावतकोट गा.वि.स. वर्डा नं. ९ श्रीस्थानमा आज एक कार्यक्रमका विच उदघाटन गदै मन् त्री पाण्डेले मूलुकको सम्बृद्धिका लागि कृषि, जलश्रोत, पर्यटन, खनिज जस्ता क्षेत्रको विकास आवश्यक रहेको बताउदै नेपालमा यस्ता ग्यास तथा पेट्रोलियम पर्दाथका खानीहरुका दश ओटा केन्द्रहरु भएको र ती केन्द्र मध्य दैलेख तेस्रो स्थानमा रहेको जानकारी दिदै मन्त्री पाण्डेले यो कार्य दैलेखवाट पहिलोपटक शुरु गरिएको वताए । नेपालमा राजनैतिक परिवर्तन सफल भईसकेको र अब आर्थिक र सामाजिक क्रान्ती गरी मूलुकलाई आत्मनिर्भर तर्फ अघाडी बढाउन आवश्यक रहेको औल्याएका छन । आफु सरकारमा रहे वा नरहे पनि आफुले यस कार्यलाई सफल गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । युवा स्वरोजगार स्वदेशमा नेपाली उत्पादन बिदेशमा जस्ता निती तथा कार्यक्रम लाई सरकारले अगाडी सारेको पाण्डेको भनाई छ ।
दैलेख जिल्लालाई सम्वृद्धि बनाउन साना प्रोजेक्ट नभई मेगा प्रोजेक्टको आबश्यक भएको र मेघा परियोजनाको रुपमा दैलेख बजार हुदै जाने मध्य पहाडी लोक मार्ग निमार्णाधिन अवस्थामा रहेको र पेट्रोलीयम पदार्थको अध्यनन कार्य सुरु दैलेख क्षेत्र नं. १ का सासंद अमर बहादुर थापाले बताए ।
उत्खननका लागी अध्ययन कार्य ३ चरणमा हुने र पहीलो चरणमा अध्ययन तथा अन्वेषण दोस्रो चरणमा उत्खनन र तेस्रो चरणमा उपभोग हुने क्षेत्रनम्बर २ का सासंद लक्ष्मी प्रसाद पोख्रेलले बताए ।
त्यस्तै सम्पुर्ण राजनैतिक दलको तर्फ बाट बोल्दै नेपाली काग्रेस सभापति कृष्ण कुमार विसीले राजनीतिक धरातलको हिसावले विचारको हिसावमा फरफरक हुन सक्छौ तर विकास कार्यमा सम्पुर्ण एक भएर लाग्नु पर्ने र सोही अनुसार दैलेखका पार्टी हरुले कार्य गर्ने गरेको बताए । अन्वेषण कार्यले मुर्त रुप पाउदै दैलेख महोत्सवले दैलेख को विकासका लागी ५ ओटा माग पत्र पठाएका योजनालाई आगामी बजेटमा समाबेस गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया