हिंसाले एकता, सदभाव र आत्म सम्मानमा चोट पुर्याउछ ः पहाडी

हिंसाले एकता, सदभाव र आत्म सम्मानमा चोट पुर्याउछ ः पहाडी

ज्वाला सन्देश सम्वाददाता
दैलेख वैशाख २६ गते, ििहंसाले एकता, सदभाव र आत्मसम्मानमा चोट पुर्याउने भएकाले अव हिंसाको राजनीति कसैले गर्न नहुने मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन् । मानवअधिकार तथा शान्ति समाजले संचालन गरेको स्वाभिमान अभियानलाई दैलेखमा सम्वोधन गर्दै शान्ति, अहिंसा र राष्टिय स्वाभिमानका लागि शान्ति चाहियएको कुरा उन्ले बताएका हुन् ।

स्वााभिमान अभियान अन्तरगत जागरण सभामा स्वागत गर्दै मानव अधिकार तथा शान्ति समाजका आजिवन सदस्य एवम् खाद्य अधिकार संजालका संयोजक हीरासिंह थापा
स्वााभिमान अभियान अन्तरगत जागरण सभामा स्वागत गर्दै मानव अधिकार तथा शान्ति समाजका आजिवन सदस्य एवम् खाद्य अधिकार संजालका संयोजक हीरासिंह थापा
स्वााभिमान अभियान अन्तरगत जागरण सभामा वोल्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा मानव अधिकार कर्मी कृण्ण पहाडी

स्वााभिमान अभियान अन्तरगत जागरण सभाका सहभागिहरु
स्वााभिमान अभियान अन्तरगत जागरण सभाका सहभागिहरु

जनताको आर्थिक र सामाजिक विकासका लागि पनि शान्ति चाहिन्छ, संविधान जारी भए पनि लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि जनताको आँसु र गरिवीमा राजनीति खेलिएको छ, अव जनतता र राजनीतिक दलहरु विचको दुरि वढ्न हुँदैन, वकिलको भुमिकामा रहेर जनतालाई न्याय दिने काममा राजनीतिक दलहरु लाग्नु पर्ने उन्को सुझाव थियो । प्रधानमन्त्री खड्ग प्रशाद वलीले तितो वोलेर जनतालाई रनभुलमा पार्ने, काग्रेश सत्तालिप्सामा रुमलिरहने र माओवादी आवेगमा आएर काम गर्ने वानीका कारण समृद्धिमा घाटा भएको छ, तितो नवोलेर, सत्तालिप्साको खेलाचीमा नलागेर, आवेगमा नआएर काग्रेश, एमाले र माओवादीहरु जनताका पिरमर्काहरुको चिन्तामा लाग्नु पर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष समेत रहेका पहाडीको तर्क थियो । संविधानको प्रस्तावनामा अहिंशाको सब्दावली राखिनु पर्ने नागरिक समाजको माग हुँदा हुदै पनि वास्ता गरिएन त्यसैले संविधानलाई आलोचनात्मक रुपमा समर्थन गर्यौँ, संविधान आफैमा उत्कृष्ट नभनी यो जनताको पक्षमा व्यवहारत कति काम गर्छ, गरिवी अभाव कति घट्छ, समृद्धिका गतिवीधि कसरी अगाडी वढ्छन त्यसमा भर पर्ने कुरा हो उन्को भनाई छ । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई माओवादीले र वेपत्ता आयोग सेनाले मानेको छैन भन्ने कुरा आएका छन्, आयोगमा राजनीतिक दलका मान्छेहरुको प्रतिनीधित्व छ त्यसैले द्धन्द्धकालिन समयमा भएका मानवता विरुद्धका जघन्य अपारधका दोसीहरुलाई कार्वाही हुने र पिडितले न्याए पाउने कुरामा संका छ, आयोगले निश्पक्ष काम गर्ला भन्ने विश्वास नरहेको पनि मानव अधिकार कर्मी पहाडीको भनाइ थियो । दुइ ठुला सक्ति राष्टको विचमा हामी छौ, उनिहरुवाट आथिक समृद्धिका लागि सहयोग मागौँ तर नेपाललाई लडाईको केन्द्रविन्दु वनाएर चिन र भारत भिड्ने र हामी नेपाली घाँसमा विलिन हुने वातावरण श्रृजना हुने खालका उनिहरुका स्वार्थमा नचलौँ राजनीतिक शक्तिहरु यस्ता कुरामा ध्यान दिएर नेपाल र नेपाली जनताको समृद्धि र शान्ति कसरी हुन्छ त्यसमा विवेक पुर्याएर लाग्नु जनता प्रतिको सामिप्यता हुन्छ उहाँको कथन थियो ।

प्रतिक्रिया