स्वरोजगारतर्फ द्धन्द्धपिडित च्याउले विर्सायो द्धन्द्धको घाउ

स्वरोजगारतर्फ द्धन्द्धपिडित च्याउले विर्सायो द्धन्द्धको घाउ

दैलेख, वैशाख २८ – विहानै उठेदेखी नै घरको छतमा बनाईएको च्याउघरमा ब्यस्त हुन्छिन् नारायण नगरपालिका – ३ की रत्ना रेग्मी । फुर्सदमा उनी गाँउबाट पराल संकलन गछिर्न् । त्यही पराललाई काटेर च्याउको लागि तयार पार्छिन् । द्धन्द्धपिडित रेग्मीलाई एक वर्षयता उनको ध्यान नै अहिले च्याउ उत्पादन गरेर आम्दानी लिनेमै छ । रत्नाले द्धन्द्धमा श्रीमान गुमाईन् । उनीलाई पनि सरकारतर्फबाट दर्दनाक दुख दिईयो । द्धन्द्धले उनको घरबार नै उजाडिदियो । सवथोक गुमाएकी रत्नालाई भने अहिले ब्यवसायपछि खुसी मिलेको छ । द्धन्द्धपछि फुर्सदिली भईन् । बेरोजगार भईन् । आम्दानीको लागि उनले घरमै पसल पनि गरिन तर, पसलले राम्रो गति लिन सकेन् । तर पनि हार मानिनन् । सुरु गरिन् नयाँ ब्यवसाय । एक वर्षदेखी उनले नयाँ ब्यवसायका रुपमा च्याउ खेती गरेन् । त्यही च्याउ खेती नै उनको मन भुलाउने र आम्दानी गर्ने पेशा भयो ।

घरको छतमा बनाईएको च्याउ घरमा च्याउ टिप्दै द्धन्द्धपिडित महिला रत्ना रेग्मी
घरको छतमा बनाईएको च्याउ घरमा च्याउ टिप्दै द्धन्द्धपिडित महिला रत्ना रेग्मी
घरको छतमा बनाईएको च्याउ घरमा च्याउ टिप्दै द्धन्द्धपिडित महिला रत्ना रेग्मी
घरको छतमा बनाईएको च्याउ घरमा च्याउ टिप्दै द्धन्द्धपिडित महिला रत्ना रेग्मी

“द्धन्द्धका बेला घरपरिवार तहसनहस भयो ।” रत्नाले ज्वाला सन्देशसंग भनिन् “अहिले जसले युद्धका बेला दुख दियो त्यही राज्यले ब्यवसायको लागि सहयोग गरेको छ । मनमा धेरै पिडा भएपनि मलाई च्याउले द्धन्द्धको घाउ मेटाउँदैछ ।” मेहेनत गरेपछि च्याउ खेतीबाट पैसा बजार राम्रो भएकाले आम्दानी पनि राम्रो गरेको रत्ना बताउँछिन् । उनले १६ सय ५० रुपैँयाको च्याउको विउ किनेर सुरु गरेको ब्यवसायबाट १५ हजार आम्दानी गरेको बताईन् । जिल्ला कृषि विकास कार्यालय दैलेख मार्फत द्धन्द्धपिडितको नाममा गत आर्थिक वर्षमा रत्नालाई यूवा स्वरोजगार कार्यक्रम मार्फत च्याउ खेतीका लागि ४० हजार रुपैँया अनुदानमा आर्थिक सहयोग गरेको थियो । उनलाई कृषिले ७ दिनको च्याउ खेती सम्वन्धी तालिम समेत दियो । “काम झन्झटिलो भएपनि मुल्य र उत्पादन राम्रो छ ।” रत्नाले भन्छिन् ः “अहिले मेरो साहारा नै च्याउ भएको छ । घर खर्चदेखी छोराछोरीको पढाई समेत धानेको छ ।” उत्पादन राम्रो र विक्रिमा समस्या नहुँदा आफुलाई हौसला समेत थपिएको रत्नाको अनुभव रहेको छ । उनले २३ ढल्लाबाट सुरु गरेको च्याउ खेती अहिले ५० डल्ला पुगेको छ । अहिले उनले च्याउ बेचिरहेकी छिन् । यो सिर्जनमा उनले ५० हजार आम्दानी गर्ने उनको लक्ष्य राखेकी छिन् । ग्राहक घरमै आउने भएकाले आफुलाई विक्रिको समस्या नरहेको उनी बताउँछिन् । अहिले ३ सय रुपैँया केजीमा च्याउ विक्रि भैरहेको छ । २३ दिनमै आम्दानी हुने भएकाले आफु च्याउ खेतीबाट आम्दानी लिन सुरु हुने रत्नाको भनाई छ ।

प्रतिक्रिया