गहुँ कम उत्पादनले …. दैलेखका १० गाविसमा भोकमारी हुने

गहुँ कम उत्पादनले …. दैलेखका १० गाविसमा भोकमारी हुने

दैलेख, वैशाख २९ – दैलेखमा गहुँ उत्पादन कम हुँदा ३ महिना १० गाविसमा भोगमारी हुने भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार उत्पादन कम हुँदा भोकमारी हुने भएको हो ।

दैलेखको भैरीकालिकाथुमस्थित सैनचौरमा खडेरीका कारण बाँझो रहेको खेतहरु
दैलेखको भैरीकालिकाथुमस्थित सैनचौरमा खडेरीका कारण बाँझो रहेको खेतहरु

गहुँ उत्पादन हुने खेतीयोग्य ३० प्रतिशत खेतबारीहरु खडेरीले बाँझै रहनु, बाँकी लगाएको गहुँबाली खडेरीका कारण ३० प्रतिशत सुकेर नष्ट भएकाले यहाँका १० गाविसहरुमा भोकमारी हुने जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको हो । गत वर्ष २१ हजार १ सय ५० हेक्टरमा लगाईएको थियो भने यस वर्ष १३ हजार ६ सय ५० हेक्टरमा गहुँ तथा अन्यबालीहरु लगाईएको सरकारी तथ्याङ्क रहेको छ । त्यसमध्ये ३० प्रतिशत सुकेर नष्ट भएको जनाईएको छ । यसवर्ष ८ हजार ८ सय ९८ मेटिक्टन कमी खाद्यान्न बाली कमी जनाईएको छ । २६ करोड ५४ लाख ८४ हजार ८ रुपैँया खडेरीका कारण कृषकहरुको बालीनाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले तथ्याङ्क राखेको छ । गहुँ लगाएका मध्ये जिल्लाका १४ हजार ६ सय ७५ घरधुरीमा किसान प्रभावित भएका छन् । “अहिलेको उत्पादनले १० गाविसमा ३ महिना धान्ने अन्न रहेको छ ।” वरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीले भने, “वेलैमा वैकल्पिक उपाय नअपनाए भोकमारी हुने निश्चित छ ।” उनका अनुसार साउनदेखी असोजसम्म भोकमारी हुनेछ । गहुँ उत्पादन कमी सवै गाविसमा रहेपनि ४२ गाविस प्रभावितमध्ये १० मा भोकमारी हुने जनाईएको छ ।

प्रतिक्रिया