बलात्कारका आरोपी कारागार चलान

बलात्कारका आरोपी कारागार चलान

दैलेख जिल्ला अदालतले बाटो हिड्दै गरेकी एक युवतीलाई बलात्कार गर्ने एक व्यक्तिलाई आज कारागार चलान गरेको छ । कारागार पर्नेमा कालिकोटको सुकाटिया गाविस–९ निवासी २९ वर्षीय सूर्यबहादुर शाही छन् ।
बैशाख ८ गते कालिकोटबाट नेपालगञ्ज जान पैदल हिंडेका ती व्यक्तिले परिवर्तित नाम ‘६२ च’लाई दिउँसो ३ बजेतिरको समयमा जवरजस्ती करणी गरेको आरोपमा अदालतले आजै कारागार चलान गरेको श्रेस्तेदार अधिकृत गोविन्द आचार्यले वताए ।
पानीपोखरी बजारबाट घरतर्फ जाँदै गरेकी युवतीलाई चिनजान गरौं भनी रोकेर दैलेखको कुसापानी गाविस–८ बझाङ्गीनेटा मसिनेपानी भन्ने ठाउँमा जवरजस्ती करणी गरेको निवेदीका ‘६२ च’को भनाई छ ।
निवेदीकाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रियापछि जिल्ला सरकारी वकील कार्यालय मार्फत मुद्दा चलाए हो । सो मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित शाहीलाई मुद्दाको फैसला नहुँन्जेल जिल्ला कारागारमा थुनामा राख्न आदेश भएको हो ।

प्रतिक्रिया