सेवा आयोगका अध्यक्ष र डीनद्वयको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

सेवा आयोगका अध्यक्ष र डीनद्वयको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कणेल, इन्जिनियरिङ सङ्कायका डीन प्रा.ई. रामचन्द्र अर्याल र शिक्षा विज्ञान सङ्कायका डीन लालमणि आचार्यको विदाई  तथा सम्मान कार्यक्रम उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको  विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए | MU SKt (2) MU SKt (1)उक्त  कार्यक्रममा  बोल्दै उपकुलपति प्रा.डा.कोइरालाले विश्वविद्यालयको स्थायित्व नै शिक्षक कर्मचारीको स्थायित्व र पदोन्नती भएकोले सेवा आयोगले अनेकन चुनौती र उल्झनहरूको बाबजुद पनि बिज्ञापनको प्रक्रियामा जाने साहसिक निर्णय गरेकोमा सेवा आयोगका अध्यक्षको प्रसंसा गरे | विश्वविद्यालयको  भौतिक पूर्वाधार निर्माण गर्न तथा प्राज्ञिक र प्रशासनिक स्तरोन्नति गर्न हरपल क्रियाशील रहिरहने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार अर्थ मन्त्रालयले विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने प्रयोजनका लागि तत्काल यहि आर्थिक बर्ष भित्र रू. पाँच करोड निकासा गर्ने परिपत्र विश्वविद्यालय अनुदान आयोगमा पठाएकोमा कृतज्ञता व्यक्त गर्दै  आगामी बजेटमा करिब साढे २३ करोड बराबर बजेट मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाममा बिनियोजन हुने निश्चित भएको दाबि गरे | इन्जिनियरिङ सङ्काय जस्तो प्राबिधिक विषयमा र शिक्षा विज्ञान सङ्काय स्थापना गरी यसको गुणस्तर उकास्न डीनद्वयले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै आगामी दिनमा उहाँहरूको विज्ञता र अनुभव विश्वविद्यालयको हित र उन्नतिमा सदैव रहीरहने विश्वास व्यक्त गरे | त्यसैगरी रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयको समग्र विकास र समृद्धिको अभियानमा सेवा आयोगका अध्यक्ष र डीनद्वयले निर्वाह गर्नु भएको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै सेवा आयोगको विज्ञापनको प्रक्रिया सुरू गरिनुले विश्वविद्यालयको विश्वसनियतामा वृद्धि भएको र इन्जिनियरिङ सङ्काय र शिक्षा विज्ञान सङ्कायका जन्मदाताका रूपमा रहेका डीनद्वयले सङ्कायको स्तरोन्नतिमा गरेको कामको उच्च कदर गरे | त्यसै गरी कार्यकाल समापन भएर विदाई हुन लाग्नु भएका सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कणेलले नयाँ स्थापना भएको विश्वविद्यालयलाई स्थायित्वको प्रक्रियामा लैजान सेवा आयोगलाई  सक्रिय बनाउने आफ्नो प्रबल चाहना हुदाहुदै पनि विगतमा अनुकुल परिस्थिति निर्माण हुन नसकेकोले नभएको भन्दै अहिले कामको प्रारम्भ गर्न सकिएको र  यसलाई  विश्वसनीय रूपमा काम गर्न सके विश्वविद्यालयले  स्वरूप ग्रहण गर्ने विश्वास व्यक्त गरे | त्यसैगरी इन्जिनियरिङ सङ्कायका डीन प्रा.ई. रामचन्द्र अर्याल र शिक्षा विज्ञान सङ्कायका डीन लालमणि आचार्यले नयाँ सङ्काय स्थापना गर्दाको अनुभूति बताउदै आगामी दिनमा सङ्कायका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न  जुनसुकै समय पनि तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे | उक्त विदाई तथा सम्मान कार्यक्रमम स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन खोपिराम लम्सालले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र विकासमा सेवा आयोगका अध्यक्ष र डीनद्वयको विज्ञता र अनुभव सदैव मार्ग निर्देशक हुने विश्वास व्यक्त गरे | कार्यक्रममा सेवा  आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्याय, विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. देब बहादुर खड्का , व्यवस्थापन सङ्कायका डीन डा. मस्त बहादुर गरंजा, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. हिरण्य प्रसाद गौतम, परिक्षा अभिलेख प्रमुख चन्द्रा भारती, सहायक डीन पदमराज जोशी र अनन्तराज घिमिरे, विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्का सदस्य  भिउसिं बुढा, प्राज्ञिक निर्देशकहरू आनन्द प्रसाद सुवेदी, तारणी प्रसाद यादव, लक्ष्मी प्रसाद आचार्य , प्राज्ञिक परिषद्का सदस्यहरू लिलाधर तिवारी, पूर्णमान श्रेष्ठ र तेजविक्रम बस्नेत लगायत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो |

प्रतिक्रिया