नेपाल प्रगतिशील प्राध्यापक संगठनले मदन –आश्रित स्मृति प्रतिक्षालय निर्माण गर्ने

नेपाल प्रगतिशील प्राध्यापक संगठनले मदन –आश्रित स्मृति प्रतिक्षालय निर्माण गर्ने

नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय समितिका अध्यक्ष तेजविक्रम बस्नेतको अध्यक्षतामा बसेको  २७ औ पूर्ण बैठकले नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको २३ औं स्मृति दिवसको अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा   मदन- आश्रित स्मृति प्रतिक्षालय निर्माण गर्ने र उक्त प्रतिक्षालयको शिलान्यास २०७३ ज्येष्ट ३ गते विहान ७ बजे मध्यपश्चिमाञ्चल  केन्द्रीय क्याम्पसमा गर्ने र त्यसको लगत्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय भवन निर्माण स्थल कुइनेपानी क्षेत्रमा बृहत  सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव बिष्णु कुमार खड्काले जानकारी दिए |  Pragatisil UML (3) Pragatisil UML (2)उक्त प्रतिक्षालय निर्माणका लागि संगठनका अध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षतामा एक  समिति गठन गरिएको छ भने सो को आर्थिक सङ्कलन अभियान पनि सुरुवात भैसकेको छ | उक्त बैठकमा साधारण  नेपाल प्रगतिशील प्राध्यापक संगठनकस सदस्य हिक्मत रोकाय रू. १५ हजार,  व्यवस्थापन संकायका डीन डा. मस्त बहादुर गरंजा, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन खोपिराम लम्सालर बिज्ञान तथा प्रबिधि सङ्कायका सहायक डीन पदम राज जोशीले  जनही रू.१२ हजार, २ सय २२, संगठनका अध्यक्ष तेजविक्रम बस्नेत, उपाध्यक्ष्य खेमराज रावत, सचिव बिष्णु कुमार खड्का, सहसचिव रामप्रसाद कँडेल, र कोषाध्यक्ष फुलमती खरालले रू. १० /१० हजारका दरले, संगठनका केन्द्रिय सदस्यद्वय लिलाधर तिवारी र भिउसिं बुढाले जनही रू ६ हजारका दरले , संगठनका सल्लहाकार डा. दिपक गौतम, आनन्द सुबेदी, उपेन्द्र बि.क, संगठनका कार्य समितिका सदस्यहरू  बेद प्रसाद ढकाल, हस्त पुलामी, मोहनराज  भट्ट, कमलराज लम्साल,  नरेन्द्र सावद,शान्ति प्रसाद खनाल र  साधारण सदस्य नारायणनाथ योगी र निर्मल थापाले जनही रू ५  हजारका दरले र साधारण सदस्य युवराज शर्मा र तृष्णा मल्लले ३ हजारका दरले सहयोग गर्ने घोषणा गरेको र उक्त प्रतिक्षालय निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरेको  संगठनले जनाएको छ | त्यसैगरी  सिलन्यास लगत्तै सुरु हुने केन्द्रीय भवन निर्माण स्थल कुइनेपानी क्षेत्रको सरसफाई अभियानमा सहभागी भइदिन हुन सम्पूर्ण शिक्षक, कर्मचारी, सुभेक्छुक युवा विद्यार्थी लगायतका संगठनहरूलाई अनुरोध पनि संगठनले गरेको छ |

सङ्गठनको उक्त पूर्ण बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयलले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय, उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय, डीनको कार्यालय, परिक्षा अभिलेख कार्यालय, योजना, विकास तथा अनुगमन निर्देशनालय लगायतका संरचना निर्माणका लागि तत्काल ५ करोड निकासा गर्ने गरी २३ करोड बराबरको बजेट बिनियोजन गर्ने निर्णयको स्वागत गर्दै सो  काममा अहोरात्र खट्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला , निर्णय गराउने  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एमालेका महासचिव इश्वर पोखरेल, अर्थ मन्त्री बिष्णु पौडेल, विश्वविद्यालय सभाका सदस्य यामलाल कँडेल लगायतकालाई धन्यवाद दिने निर्णय गर्नुका साथै विश्वविद्यालयको सेवा आयोगले  हालै प्रकाशित गरेको विज्ञापनको स्वागत गर्दै सङ्काय, कार्यक्रम र विषय स्थापनाका समय देखि कार्यरत शिक्षक कर्मचारीहरूलाई सेवा आयोग मार्फत स्थायित्वको प्रक्रियामा बिशेष आन्तरिक प्रतियोगिताका लागि नियमावलीमा  आवश्यक संसोधन सहित कार्यविधि निर्माण गरी अबिलम्ब विज्ञापनमा लैजान जोडदार माग गर्ने   निर्णय  गरेको सचिव खड्काले बताए  | त्यसै गरी संगठनका तर्फबाट मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीनमा नियुक्त हुनुभएका खोपीराम लम्साल र दोस्रो कार्यकालका लागि पुननियुक्त हुनुभएका डा. मस्त बहादुर गरंजालाई बधाई ज्ञापन गर्ने र संगठनका  अध्यक्ष तेजविक्रम बस्नेत, उपाध्यक्ष्य खेमराज रावत, सचिव बिष्णु कुमार खड्का, सहसचिव रामप्रसाद कँडेल, र कोषाध्यक्ष फुलमती खराल, सदस्य बेद प्रसाद ढकाल र कमलराज लम्साल रहेको ७ सदस्यीय सचिवालय गठन गरिएको संगठनले जानकारी दिएको छ |

प्रतिक्रिया