मदन आश्रित स्मृति दिवसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

मदन आश्रित स्मृति दिवसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

मदन आश्रित स्मृति दिवसमा  वृहत  सरसफाई  कार्यक्रम सम्पन्न

नेपाल प्रगतिशील प्राध्यापक संगठन , मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय भवन निर्माण स्थल कुइनेपानी क्षेत्रमा सरसफाई  तथा उक्त क्षेत्रलाई प्रदुषणरहित हरित क्षेत्रको बनाउन  पिपलको वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको  संगठनका सचिव विष्णु कुमार खड्काले जानकारी दिए | नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी  र  संगठन बिभाग प्रमुख जीवराज आश्रितको  आज भन्दा २२ वर्ष अगाडी दासढुंगामा रहस्मय दुर्घटनामा परी  हत्या गरिएको थियो | Madan ashrid (3) Madan ashrid (2) Madan ashrid (1)उक्त  दिनको स्मृतिमा नेपाल प्रगतिशील प्राध्यापक संगठन विश्वविद्यालय समितिका अध्यक्ष तेजविक्रम बस्नेतको अध्यक्षतामा भएको सो  कार्यक्रमको शुभारम्भ नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य बालाराम शर्माले आजको दिन नेपाली  कम्युनिष्ट आन्दोलन र मुलुकको रुपान्तरण र समृद्धिको अभियन्ताद्वय मदन कुमार भण्डारी र जीवराज  आश्रितको परिकल्पनालाई साकार पार्न सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउदै  नेपाल प्रगातिशील प्राध्यापक सङ्गठनले यस्ता  रचनात्मक कार्यहरूको निरन्तर  दिएकोमा धन्यवाद  दिए | त्यसै गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र  कुमार मल्लले इतिहासपुरुषद्वयको स्मृति दिवसको सन्दर्भ पारेर नेपाल प्रगतिशील प्राध्यापक संगठनले  थालनी गरेको सिर्जनात्मक अभियानको निरन्तरता दिएकोमा  धन्यवाद  दिदै अन्य संघ/ संगठनलाई पनि  यस्ता रचनात्मक  अभियानमा  लाग्न अपिल  गरे | संगठनका अध्यक्ष तेजविक्रम बस्नेतले  मदन आश्रितको स्मृतिमा विश्वविद्यालयको केन्द्रीय  क्याम्पस परिसरमा प्रतिक्षालय  निर्माण गर्ने निर्णय गरेकोमा  तत्काल निर्माण स्थलको निर्णय नभएकोले उक्त प्रक्रियालाई पुरा भएपछि उपयुक्त स्थान  र  समयमा  थालनी गर्ने र अन्य संघ संगठनले  पनि  विश्वविद्यालयमा सिर्जनात्मक  काममा प्रतिष्पर्धा गर्न  आव्ह्वान गरेका छन  | कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य लिलाधर तिवारी, भिउसिं बुढा,विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. देव बहादुर खड्का, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन खोपिराम लम्साल,  विज्ञान तथा प्रविधि सङ्कायका सहायक डीन पदमराज जोशी, विभिन्न महाविद्यालयका प्राज्ञिक निर्देशकहरू लगायत  प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष रुपेश खत्री, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष भिम बहादुर खड्का लगायत  प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको संगठनले जनाएको छ |

प्रतिक्रिया