उद्घाटन नहुदै भेरी पुल सञ्चालन

उद्घाटन नहुदै भेरी पुल सञ्चालन

दुर्गा वि.सी
सल्यान र सुर्खेतको सिमानामा रहेको भेरी पुल निमार्ण कार्य सम्पन्न भए पछि उद्घाटन नहुदै यातायातका साधान निर्वाधरुपमा गुडि सके । कहिले उद्घाटन होला भनि आतुर यातायात व्यवसायीले मनपरि पाराले गाडि पुलबाट आवत जावत गराईरहेका छन् । bheri pul१२ वर्षको निमार्ण कार्य सम्पन्न भएको भेरी पुल सवैको चासोको विषय हो । तर छिन्चुजाजरकोट सडक खण्डमा आवात जावतको अनुमति पाएका यी यातायातका साधानको मनपरिलाई कसैले ध्यान दिन सकेन । निमार्णको जिम्मा पाएको आसिस निमार्ण सेवालाई जबरजस्त मिचाई गरि गाडि गुडाएको वताएको छ । उद्घाटन नहुदै गाडि सञ्चालनमा रोक लगाएको थियो । उद्घानट मिति तय नहुदाँ र आज आज भोली भन्दै दिन वित्न थाले पछि आतिर आफुहरु पुलबाट गाडि सञ्चालन गर्न बाध्य भएको यातायात व्यवसायीको भनाई रहेको छ । साथै उद्घाटन मिति अझै अन्योल नै रहेको वताएको छ ।

प्रतिक्रिया